ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

नौ घण्टाको बयानमा लामिछानेले दिए बाझिने जवाफ

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

बुटवल, २८ कात्तिक ।

सहकारी बचत अपचलनको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग बुधबार रुपन्देहीमा नौ घण्टा बयान लिइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार र बुधबार दुई दिन लगाएर बयान लिइए पनि अझै नसकिएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बुधबारदोस्रो दिन बिहान सवा १० बजे लगिएकोमा साँझ साढे ७ बजे बयान सकिएको हो । बुधबार लिखित बयान भएकाले केही विषय लिपिवद्ध गरेर बाहिर निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी लक्ष्मी खनालका अनुसार लामिछानेसँगको बयान नसकिएकाले बिहीबार पुनः बयान लिइने छ । मंगलबार पत्रकारसँग बोलेपछि बुधबार कडा सुरक्षा निगरानीमा राखेर लामिछानेलाई बाहिर निकालिएको थियो । पत्रकारलाई पनि लामिछानेको फोटो भिडियो खिच्न दिइएन । उनलाई निकाल्ने समयमा रास्वपाका समर्थकहरुले नाराबाजी गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार दिउँसो रुपन्देही ल्याइएको थियो ।

मंगलबार दिउँसो १ बजेदेखि ५ बजेसम्म बयान लिइएको थियो । स्रोतका अनुसार, रविले केही ठाउँमा बाझिने प्रकारका अभिव्यक्ति दिएका छन् । सुरूमा थाहा छैन भनेका कुरा पछि गएर अन्य सवालमा केही तथ्यहरू खुलाएको बताइएको छ ।

खासगरी लामिछानेका नाममा दुई करोड रूपियाँ सुप्रिम सहकारीबाट निकासा भएको यसअघि नै अदालतमा दायर अभियोगपत्रमा उल्लेख गरिएको थियो । तर, त्यतिबेला रविलाई प्रतिवादी बनाइएको थिएन ।

रविले उक्त रकम आफूले आवेदन दिएर नलिएको बताए पनि आफू सम्बद्ध खातामा कसरी जम्मा भयो भन्ने विषयमा केही विरोधाभासपूर्ण अभिव्यक्ति दिएको बताइएको छ । साथै जुन ठेगाना उल्लेख गरिएको छ, त्यो रवि लामिछाने को हो त भन्ने विषयमा पनि उनले फरकफरक कुरा बताएका छन् ।

सुप्रिम सहकारीबाट सवा १४ करोड रूपैयाँ गोर्खा मिडियामा गएको छ । त्यसबाहेक रविको नाममा मात्र थप दुई करोड रूपियाँ अनियमित तरिकाले निकासा गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?