ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

वन क्षेत्रको फोहोर व्यवस्थापनमा बेवास्ता

२६ कार्तिक २०८१, सोमबार
२६ कार्तिक २०८१, सोमबार

लमही, २६ कार्तिक ।
लमही नगरपालिकाको लापर्वाही र वन संरक्षणमा खटिएका समुदायको चासोले देउखुरीको अजम्मरी सामुदायिक वनमा फोहोर फाल्न रोक लगाइएको छ । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालका अनुसार विगत लामो समयदेखि नगरपालिकाले यस वन क्षेत्रलाई डम्पिङ साइडको रूपमा प्रयोग गर्दै आएको थियो, तर उचित व्यवस्थापन भने गर्न नसक्दा वातावरणमा गम्भीर असर पुगेको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहोर व्यवस्थापन नगरेको र वन क्षेत्रमा जथाभावी फोहोर फालिएको अवस्थामा समूहले सामुदायिक वन प्रवेश गेटमा ताला लगाउदै बिरोध उत्तिएको हो ।
वन समुहले गत असोज २३ गते लमही नगरपालिकालाई ध्यानाकर्षण पत्रसहित एक महिने अल्टिमेटम दिइए पनि नगरपालिका तटस्थ देखिएपछि सामुदायिक वनले वन प्रवेश गेटमा ताला लगाएको समूहका अध्यक्ष शर्माले बताए । समुहको यस्तो कदमले स्थानीय तहलाई फोहोर व्यवस्थापनमा चासो दिन बाध्य बनाएको छ । सडक नजिकको वनको जग्गामा जलाइने फोहोरले प्रदूषण बढ्न थालेको र यसले वातावरण र वन्यजन्तुलाई गम्भीर असर पुर्याएको समूहले बताएको छ। वन कार्यालय र स्थानीय उपभोक्ताले गरेको स्थलगत अवलोकनमा लमही बजारको सेफ्टी–ट्यांकीको फोहोर समेत फालेको भेटिएपछि यो निर्णय लिइएको हो ।
समूहका उपाध्यक्ष रवि श्रेष्ठले फोहोरको डम्पिङ साइडमा आगो लगाउने र रुखबिरुवा समेत नष्ट भएको अवस्थाले समस्या थप जटिल बनाएको बताउदै फोहोर लाई ब्यबस्थित रूपमा ब्यबस्थापन गर्न नगरपालिकालाई पटक पटक आग्रह गरेको बताए । “सरोकारवालाबाट उचित व्यवस्थापनको माग गर्दै फोहोर फाल्न रोक लगाएका हौं,“ श्रेष्ठले भने। “यो समस्या समाधान नभएसम्म हाम्रो कडा कदम जारी रहनेछ ।“
लमही नगरपालिकाका मेयर जोगराज चौधरी फोहोर ब्यबस्थापनका लागि नगरपालिकाको स्वामित्व जग्गा नहुदा नगरपालिकाले ब्यबस्थापन गर्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?