Butwal Today

चितवनमा बस र विद्युतीय हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु

२३ कार्तिक २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट  नारायणगढ तर्फ आउँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको   इलेक्ट्रिक  हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नं को बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको हो ।

हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी  ४० वर्षकी एक महिला,  अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो ।

सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।