ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दाङको पर्यटकीयस्थल घोरदौरामा पर्यटकको संख्यामा वृद्धि

२० कार्तिक २०८१, मंगलवार
२० कार्तिक २०८१, मंगलवार

दाङ, २० कात्तिक ।

नेपालीहरुमा पछिल्लो समय घुम्ने प्रवृत्तिको विकास भएको छ । चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

सार्वजनिक बिदा, शनिबार र चाडपर्वको समयलाई हिजोआज नेपालीले भरपुर उपयोग गर्ने गरेका छन् । दसैँ, तिहार र छठ पर्वको समयमा प्रायः सबै पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिएका हुन्छन् । विदाका अवसरमा धार्मिक पर्यटकीय स्थलसँगै प्राकृतिक सौन्दर्य स्थलमा पनि पर्यटकको उस्तै घुइँचो लाग्ने गरेको छ ।

दाङ जिल्ला र वरपरका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन् । दाङका पर्यटकिय स्थलमा घुम्न आउने पर्यटकको उपस्थिती बाक्लो हुने गरेको छ ।

घोराही उपमहानगरपालिका १५ का सुरक्षा पोखरेल दाङको घोराही उपमहानगरपालिका १८मा रहेको सेल्फि डाँडाँमा साथीहरुसँग घुम्न पुगिन् । उनी पढाईको सिलसिलामा पोखरा बस्ने गर्छिन् । उनलाई दाङको पहाडि क्षेत्रमा रहेको पर्यटकिय स्थल घुम्न जान मन पहिले देखि थियो तर अनकुल परेको थिएन । यो दशैको विदामा उनलाई घुम्ने रहर पुरा भएको छ । उनले भनिन्, आफ्नै पालिका भित्र यस्तो रमणिय स्थान रहेछ माथि पुगेर घोराही बजार हेर्न पाउदा झनै मज्जा लाग्यो । रमाइलो मौसम साथीहरुसंग घुमघाम गरियो, नाचगान, पिङ खेलियो र फोटो खिचियो रमाइलो लाग्यो ,उनले भनिन् । अटो रिक्सामा दुइ सय रुपैया दिएर त्यहाँ पुगेका थियौ ।

घोराही उपमहानगरपालिका –६ की राधा आचार्य शनिवारको दिन पारेर सोही स्थानमा घुम्न गइन् । उनलाई बाटो बिग्रेको देखेर सुरुमा नजाऔ भन्ने लाग्यो तर धेरैले घोरदौरा घुम्न लायक स्थान भनेर बयान गरेको सुनेर जान लागेको बताइन् । बाटो राम्रो बनाउन सकेमा सेल्फी डाँडा उत्कृष्ट पर्यटकीय स्थल रहेको बताइन् । त्यहाँ पुग्दा घोराही बजारको मनोरम दृश्य देख्न पाइने, गर्मीमा चिसो स्वस्थ हावा आउने रिसोर्टमा खान पनि पाइने राम्रो लागेको बताइन् ।

अरुबेलाको तुलनामा चाडपर्वको समयमा पर्यटक निकै बढेको घोरदौरमा रिसोर्ट संचालन गर्दै आएका सञ्जित नेपालीको भनाइ छ । साढे दुइवर्ष देखि सोही स्थानमा रिसोर्ट चलाउँदै आएका नेपालीले अरु समयमा भन्दा विदा र चाडबाडको समयमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको बताए । आजभोलि दैनिक दुइ देखि तीन सय जना घुमघामका लागि आउने गरेको उनले बताए । “यहाँ आउने पर्यटकलाई लिङ्गेपिङ राखिदिएका छौ त्यो निशुल्क छ । अरु पिङमा दुइ सय रुपैया शुल्क लाग्ने गरेको छ”–उनले भने । सो ठाउँमा नास्ता, खानाको पनि व्यवस्था रहेको छ ।

वर्षाले बिग्रियो बाटो

वर्षाको पानीले ठाउँ ठाउँमा बाटो पहिरो गएर बिग्रिएको छ । घोराही उपमहानगरपालिका १८ का वडा अध्यक्ष भरतमणि अर्यालले घोरदौराको पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको बताए । पहाडी क्षेत्र भएकाले वर्षाको पानीले बाटो पनि चिरा परेको र पहिरो गएको उनको भनाइ छ । “वडामा सानो बजेट हुन्छ मर्मतको काम मात्रै गर्न सकिन्छ । ठूलो कामका लागि प्रदेश र संघीय सरकारको मुख ताक्नुपर्ने बाध्यता रहेको छ”, उनले भने । बिदाको दिनमा पारिवारिक रुपमा घुम्न जानेको संख्या बढी हुने उनको भनाइ छ । बाटो सुविधा भए आन्तरिक पर्यटक बाह्रै महिना घुम्न मिल्ने स्थान रहेको उनको भनाई छ । बाटोका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?