© २०२३
बुटवल, १५ कात्तिक ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुस्लिम समुदायका लागि शव व्यवस्थापनको लागि आवश्यक जग्गाको प्रवन्ध गर्ने बताएका छन् ।
रूपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले मुस्लिम समुदायले मृत्युपछिको शव दाहस्कार गर्ने उपयुक्त ठाउँमा जग्गाको व्यवस्थापन आफू गर्ने प्रतिबद्धता समेत जनाए । बुटवलमा बृहत मुस्लिम भेलामा बोल्दै पौडेलले आफ्नो धर्म र संस्कृति अनुसार नैं शवको व्यवस्थापन गर्न पाउनु हरेक समुदायको अधिकार रहेकोमा जोड दिए । जिल्लामा विभिन्न जातजाति, भाषा, धर्म, सम्प्रदायको केन्द्र भएको बताए ।
पौडेलले सबै समुदायको संरक्षण र विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । रुपन्देहीको विकासमा मुस्लिम समुदायको योगदान उल्लेख्य रहेको समेत औलाए । भेलाका अध्यक्ष रुहुल अमिनले बुझाएको ज्ञापनपत्र बुझ्दै पौडेलले जायज मागहरुलाई पूरा गर्न आफू सधैं प्रतिबद्ध रहेको बताए । धर्म, संस्कृतिमा कसैले पनि राजनीति गर्न नहुने भन्दै पौडेलले नेपाल सबै नेपालीको साझा फूलबारी रहेको बताए ।