© २०२३
पाल्पा, १३ कार्तिक ।
उमेरका हिसाबले झण्डै पाँच दशक पुग्न लागेका तानसेन बारुदखानका मनोज पौडेलको नामसँगै उनको पहिचान र परिचय पनि पाल्पाली ढाकासँग गाँसिन पुगेको छ ।
सानो उमेरबाट नै ढाका व्यवसायमा जोडीएका मनोजलाई यतिखेर कारखानादेखि पसलसम्म पुग्ने ग्राहकलाई ग्राहकको इच्छा अनुसार ढाकाबाट निर्मित सामग्रीहरू बिक्रीका लागि भ्याइनभ्याइ भएको छ । पाल्पाली ढाकाले आफ्नो पहिचान २०१९ सालदेखि नै देशव्यापी रूपमा आफ्नो पहिचान बनाउन सफल भएको हो । विशेष गरी भाई टिकाको दिन आफ्ना दिदी बहिनीले तिहारको दिन निधारमा सष्तरड्डी टिका, गलामा मखमली फूलको माला र शिरमा ढाकाबाट निर्मीत टोपी लगाइ दिने पाल्पालीको सभ्यता नै बनेको छ ।
पछिल्ला दिनहरूमा ढाकालाई व्यवसायीहरूले विविधिकरण गर्न लागेपछि ढाकाबाट टोपीका अलावा महिला पुरुष दुवैले प्रयोग गर्ने साना–साना व्यागहरू, महिलाका लागि पछौरा, चोली, टाई कुर्ता, आस्कोट जस्ता सामग्री निर्माण गरी ढाका व्यापारको विस्तार बढाएको उनी बताउँछन् ।
ढाकाको प्रयोग बढ्न लागेपछि दाजुभाइले पनि दिदी बहिनीलाई ढाकाबाट निर्मीत कुर्ता, खास्टो, जस्ता ढाकाबाट निर्मीत सामग्रीहरू उपहार स्वरूप दिने गरेकाले तिहार नजिकिँदै जाँदा ढाका व्यवसायीलाई भ्याइ नभ्याइ भएको ढाका व्यवसायीहरू बताउँछन् ।
पाल्पाली ढाका काठको तानमा कलात्मक बुट्टा निकालेर तैयार गरिने भएका कारणले पनि पाल्पाली ढाकाको छुट्टै महŒव भएको कारण आन्तरिक तथा बाह्र पर्यटकको रोजाइमा पर्न गएको यहाँका स्थानीयहरू बताउँछन् । पाल्पाली ढाका दसंैपछि तिहारको समयमा, विवाहका मौसममा पनि बढि बिक्री हुने गर्दछ । यो मुख्य पर्व तथा भाइटिकाको समयमा तानसेनमा दैनिक लाखै रूपैयाको कारोवार हुने गरेको ढाका व्यवसायी मनोज पौडेल बताउँछन् ।
हातले कलात्मक बुट्टा राखी मिहीन तरिकाले बनाइएका ढाकाको बिकल्पमा आजभोलि कम लागत र कम समयमा मेसिनको प्रयोग गरी बनाइएका ढाकामा हाम्रै नेपाली व्यापारीले भारतबाट मेसिनको प्रयोग गरी बनाइएका ढाका ल्याई पाल्पाली ढाकाको लेबल लगाएर बिक्री गर्ने परिपाटी बसेकाले ग्राहकहरू ठगिने क्रम समेत बढेको छ । समस्या यहाँ छ ग्राहकलाई स्वदेशी तथा विदेशी उत्पादन भन्ने थाहा हुँदैन । भारतबाट ल्याएका ढाका दीगो खपाउ नहुने, गुण स्तर खस्कने हुन्छ । त्यसैले पाल्पाली उत्पादनलाई असर पर्ने गरेको पुराना व्यवसायीहरू बताउँछन् ।
नेपालमा मात्र नभएर विदेशमा समेत यहाँको उत्पादन पुग्ने गर्दछ । पहिले पहिले त ढाका उद्योगमा ३ हजार भन्दा बढि महिलाहरूले ढाका बुन्ने गर्दथे । ढाका भन्ना साथ स्वदेशी तथा पुरानो पहिचान हो भन्ने ग्राहकहरूको बुझाई रहेको छ । पुरानो शैलीको ढाका खोज्ने र रोज्ने पनि अहिले पनि छन् । त्यस्त ग्राहकहरू कम भए पनि आफ्नै कारखाना बाट पुराउने गरेको ढाका उद्यमी मनोज बताउँछन् । यहाको ढाका टोपी लगाउने विदेशी पनि छन् । तानसेन आएका विदेशी पर्यटकलाई स्वागतको लागि ढाकाको टोपी लगाइ दिने चलन भएकाले पनि विदेशीको छनोट मात्र नभई रोजाइ पनि परेको छ । तानसेनको पहिचान भनेको पर्यटक हो । ढाका र पर्यटकको सम्वन्ध अत्यन्तै निकट छ । पछिल्लो समयमा ढाकाको दौरा सुरुवाल बिहेमा बेहुलाले लगाउने भएकाले त्यसै संग टोपीको व्यापार पनि हुन्छ । अनि तिहारको समयमा हो । जब सरद ऋतृ सुरु हुन्छ आन्तरिक तथा बाह्र पर्यटकको भिड पनि लाग्दछ । पर्यटकको रोजाइमा ढाकाका सामग्री नै पर्दछ ।
त्यस समयमा पनि ढाकाको व्यापारमा भ्याइ नभ्याइ हुन्छ । राम्रो संभावना र भविश्य बोकेको देखेर नै उद्यमी बनेको मनोज बताउँछन् । सरकारले बनाएको ऐन नियम पछिल्लो समयमा यस्ता साना उद्योगलाई सञ्चालन गर्ने उद्यमीहरूलाई झंझटिलो नियम सामना गर्नु परेको छ । सहज र सजिलो वातावरण बनाए यहाँका युवाहरू विदेशीनु पर्ने थिएन र बेरोजगार भई स्वदेश मै हल्लिनु पर्ने पनि थिएन् । अहिले पनि हाम्रो कारखानामा काम गर्ने कामदारले मासिक रूपमा २० हजारसम्म कमाउँछन् ।
दैनिक तिस जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएका उद्यमी पौडेल भन्दछन् जब तिहार नजिक नजिक आउँछ तानसेन बजार ढाकाले सजिन थाल्दछ, उपहारका रूपमा दिन मात्र नभएर तिहारलाई लक्षित गरेर बाह्रय जिल्लाबाट पनि व्यापारीहरू आउने गर्दछन् । पोखरा चितवन, नेपालगञ्ज र धनगढीका व्यापारीको माग पहिला नै पठाई सक्नु पर्दछ । तिहारमा तानसेनको व्यापार भनेको ढाका नै हो ।
पहिले त ढाका चोलो, सल र टोपीमा मात्र सिमीत थियो तर त्यती बेला पहिचानका रूपमा टोपी लगाउनेको संख्या संख्या बढी थियो । नयाँ पुस्ता टोपीमा भन्दा आस्कोट, कोट कुर्ता तर्फ आकर्षित भएका कारण यो मौसममा उपहार दिनेले खोज्ने र रोज्ने गर्दा ढाकामय हुने गर्दछ । कारखान, पसल गर्दा कुनै दिन खाना खान नभ्याएको पनि हो । ग्राहकको चित्त बुझाउने गरेको कारण आफूलाई नाम संगै ढाका उद्यमी भनेर जोडिएको छ । ढाका उद्योग, व्यवसायलाई तीन वटा तहका सरकारले राम्रोसंग बुझेको छैन् । पाल्पाली ढाका प्रवद्र्धन गर्ने उद्देश्यले तानसेन नगर सरकारले यस आर्थिक वर्षको नीति र कार्यन्वयनमा प्रत्येक शुक्रबार नगरपालिकाका कर्मचारीलाई ढाकाका पोषाक लगाउन अनिवार्य गर्न निर्णय गर्दा खुसीको सिमा नै भएन् । पहिलो चौमासिक सकियो तर कार्यान्वयन भने शुन्य नै भएको यहाँका पुराना उद्यमीहरू बताउँछन् । ढाका पोषाकलाई सरकारले अनिवार्य बनाएको खण्डमा राम्रो नै हुन्थ्यो तर गर्मीयाममा ढाका कपडा लगाउन कठिन हुने एक ढाका क्रेताले पनि भने । स्थानीय तथा घरेलु उद्योग प्रवद्र्धन हुने, त्यससंग संगै स्थानीय तहमा रोजगारीको व्यवस्था हुने । रकम बाहिरिने क्रम रोकीने थियो । ढाका त मौसमी व्यापार जस्तै भएको छ । त्यसो त सरकारले पाल्पाको पहिचानलाई थप माथि पु¥याउनका लागि उद्योग सम्वन्धी नीतिलाई परिमार्जन गरी घरेलु उद्योगलाई लक्षित आर्थिक नीति बनाएर कार्यन्वयन गरेको खण्डमा मात्र पनि यहाको उद्योगले सफलताको शिखर चुम्ने उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई भन्दछन् ।
संघले ढाका प्रवद्र्धन गर्नका लागि सरकार संग पटक–पटक आवाज नउठाएको पनि होइन् । तर ठूला उद्योगको मारमा यस्ता उद्योगहरू परेका हुन । नीतिगत रूपमा पाल्पाको पहिचान संगै अस्तित्व जोगाएको भनेको ढाकाले नै हो । त्यो पनि समाप्त भए सबै अस्तित्व समेत समाप्त हुने उनी बताउँछन् ।