ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यवसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

तोरी उत्पादन वृद्धि गर्न बिउ वितरण

११ कार्तिक २०८१, आइतबार
११ कार्तिक २०८१, आइतबार

दाङ,११ कात्तिक ।

दाङमा तोरीको उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले किसानलाई उन्नत जातको बिउ वितरण गरेको छ । सघन बाली वस्तु विशेष व्यावसायिक उत्पादन क्षेत्रमा विकास कार्यक्रम अन्तर्गत जिल्लाका तीनवटा कृषि समूहलाई नौ क्विन्टल उन्नत जातको तोरीको बिउ वितरण गरेको हो ।

यो वर्ष ९० हेक्टर क्षेत्रफलमा खेती गर्नका लागि उन्नत जातको नौ क्विन्टल तोरीको बिउ वितरण गरिएको कृषि ज्ञान केन्द्र दाङका बरिष्ठ बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले जानकारी दिएका छन् । तोरी खेती गर्नका लागि कम्तिमा ३० हेक्टर क्षेत्रफल भएको र व्यावसायिक खेती गर्ने इच्छुक समूह, फर्म र सहकारीलाई अनुदानका लागि सूचना आह्वान गरेर बिउ वितरण गरेको बताए ।

जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलका लागि अनुदान कार्यक्रम भए पनि माग अनुसार किसान नआउँदा ९० हेक्टर क्षेत्रफलका लागि बिउ वितरण गरिएको छ । तोरी खेतीबाट आम्दानी बढाउन किसानलाई अनुदान प्रदान गरिएको भन्दै बाली संरक्षण अधिकृत बस्नेतले भने, ‘अनुदान प्राप्त गर्नका लागि किसानले पैँतालिस बिगाह क्षेत्रफलमा तोरी खेती गर्नु पर्ने थियो ।

तीनवटा समूहबाट मात्र प्रस्ताव आए, ती समूहमा आबद्ध किसानलाई अहिले निःशुल्क उन्नत जातको बिउ दिएका छौँ ।’ कार्यक्रम अनुसार बिउसँगै मागका आधारमा मल, कृषि औजार र किसानलाई तालिम समेत प्रदान गरिने छ । उनका अनुसार अदुवा बाली अनुसन्धान केन्द्र कपुरकोट सल्यानबाट पाँच क्विन्टल मूलबिउ र बाँकी शान्तिनगर गाउँपलिकामा रहेको साउनेपानी किसान सहकारी संस्थाबाट चार क्विन्टल उन्नत जातको बिउ खरिद गरेर किसानलाई प्रतिकट्ठा तीन सयका दरले नौ क्विन्टल बिउ वितरण गरिएको बताए ।

अनुदान प्राप्त गर्नेमा शान्तिनगर गाउँपालिका–१ स्थित सिर्जना कृषक समूह, वडा नं. २ विष्णुपुरमा रहेको समृद्ध नेपाल कृषि तथा पशुपन्छीपालन समूह र घोराही उपमहानगरपालिका–७ घुस्रामा रहेको बहुउद्देश्यीय कृषक समूह रहेका छन् । दाङ तोरी उत्पादन हुने जिल्लामा राम्रो मानिन्छ । जिल्लामा करिब १९ हजार बढी हेक्टर क्षेत्रफलमा तोरी खेती हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?