ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुप्रिम सहकारीपीडितको चिन्ताः सडकको दवाबले न्याय नमरोस्

११ कार्तिक २०८१, आईतवार
११ कार्तिक २०८१, आईतवार

बुटवल, १० कात्तिक ।

बुटवलको सुप्रिम सहकारीका पीडितहरुले रास्वपाको आन्दोलनले प्रहरी अनुसन्धान प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बचत अपचलनको आरोपमा रवि लामिछानेमाथिको अनुसन्धान अगाडि बढिरहेका बेला रास्वपाले गरेको आन्दोलनले कतै न्याय निरुपणमा बाधा पुग्ने त होइन भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

सुप्रिम सहकारीका पीडितहरूको संघर्ष समितिका अध्यक्ष विजयकुमार नेपालले निश्पक्ष न्याय सम्पादन हुनेमा आफूहरु आशावादी रहेको बताए । “अव हाम्रो अन्तिम आशा गर्ने ठाउँ भनेको अदालत हो, अदालतले दोषीलाई कारवाही गरेर हामीलाई पक्कै न्याय दिने छ, अनि हामीले बचत फिर्ता पाउने बाटो खुल्नेछ”–उनले भने । कतिपय पीडितहरुले रास्वपाका कार्यकर्ताले फोन गरेर आन्दोलन नगर्न दवाब दिएको बताएका छन् ।

आफूहरु सरकारसम्म आवाज पु¥याउनका लागि लामो समयदेखि आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष नेपालले बताए । ‘हामीले धेरै निकायमा हाम्रा आवाज पु¥याएका छौं’, उनले भने, ‘बचत रकम डुबेपछि घरबारबिहीन हुनुपरेको छ । सडकदेखि संसद भवनसम्म हाम्रा आवाज पु¥याउन लागिरहेका छौं ।’

तिलोत्तमा जानकीनगर निवासी दुर्गा रिमालले सहकारीमा आफ्नो ६० लाख डुबेको बताए । “सहकारी बचत अपचलनको आरोपमा रवि लामिछाने पक्राउ पर्दा रास्वपाले गरेको आन्दोलनका कारण हामी चिन्तित भएका छौं, कतै हाम्रो बचत फिर्ता नभएर बिचल्ली त हुँदैनौं भन्ने डर छ”–उनले भने । ठूलो रकम सुप्रिममा डुबेपछि घरबाटसमेत आफू अपहेलित हुनु परेको उनले गुनासो गरे । उनले भने, ‘पैसा डुबेपछि घरमा झगडा हुने गरेको छ । कति साथीहरूको सम्बन्ध बिच्छेदसमेत भएको छ । हामीलाई कसले न्याय दिन्छ ।’

सहकारीका अर्का बचतकर्ता बुटवल–१० निबासी टामलाल ज्ञवालीले प्रहरीले अनुसन्धान गरिरहेको र अदालतमा मुद्दा चलिरहेको विषयमा सडकबाट दवाव सिर्जना गर्नुले रास्वपाको सुशासनप्रतिको प्रतिवद्धतामा प्रश्न उठेको बताए । “हाम्रो बचत डुबेको छ, दोषी या निर्दोष जे भएपनि अदालतले फैसला गर्छ, तर सडकबाट दवाब सिर्जना गर्ने कुराले हामी पीडितहरुलाई तर्साएको छ”–उनले भने । ज्ञवालीले सुप्रिममा आफ्नो १७ लाख रुपियाँ डुवेको बताए ।

बुटवलकी राजकुमारी लगौंटिया दुवै आँखा देख्दिनन् । तैपनि उनले बत्ती कातेर केही पैसा जम्मा गरेकी थिइन् । त्यो पैसा सहकारीमा राखे व्याज धेरै दिने भन्दै सुप्रिम सहकारीका कर्मचारीले दिनदिनै फकाउन थालेपछि राजकुमारीले दुई लाख ७५ हजार रुपियाँ सुप्रिममा बचत गरिन् । ‘म आँखा देख्दिन, उमेरले वृद्ध भइसके, बत्ती कातेर केही पैसा जम्मा गरेकी थिएँ, त्यही पनि सहकारीका मान्छेले खाइदिए’ राजकुमारीले भनिन् ।

भैरहवामा व्यवसाय गर्दै आएकी दुर्गा चन्दले सुप्रिमले आफ्नो ३० लाख रुपियाँ खाइदिएको बताइन् । सहकारीका नाममा सर्व साधारणको करोडौँ रकम ठग्नेलाइ पक्रेर कारबाही गर्दा सडक आन्दोलन गर्नु जायज नभएको उनले बताइन् ।

सहकारीमा मुद्दती बचतकर्ताको बढी रकम डुबेको हो । राम्रो ब्याजदर दिएपछि उनीहरूले सहकारीमा मुद्दती खाता खोली लाखौं रकम जम्मा गरेका थिए । सो सहकारीबाट विभिन्न व्यक्तिहरूको नाममा करोडौैं रकम ऋण लगानी भएको छ । प्रहरीको प्रतिवेदनमा सहकारीका संस्थापक जिवी राईदेखि गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेको नाममा पनि ऋण लगानी भएको देखिएको छ ।

सहकारीबाट आफूहरू ठगिएको भन्दै एक हजार आठसय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । तीनै पीडित न्यायको माग गर्दै लामो समयदेखि सडक प्रदर्शनमा उत्रिएका छन् ।

प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । जसमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्वपक्षकालागि थुनामा पठाइएको छ । सचिव पुन सहितका ६ जना धरौटीमा छुटेका छन् । अन्य १९ जना अहिले पनि फरार छन् । गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका छन् । ८६ करोड १८ लाख ठगी भएको पीडितले बताए पनि प्रहरी अनुसन्धानबाट एक अर्ब दुई करोड रकम हिनामिना भएको देखिएको छ ।

त्यस्तै गोर्खा मिडियामा सहकारीबाट १४ करोड २१ लाख रुपियाँ गएको र जसमा पुर्व डिआइजी छविलाल जोशीका नाममा दुई करोड ५० लाख र रवि लामिछानेका नाममा दुई करोड गएको छानविन समितिको प्रतिवेदनमा देखाइएको छ । रुपन्देही जिल्ला अदालतले जोशी र लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?