© २०२३
बुटवल, १० कार्तिक ।
प्रेम आलेलाई मादल बनाउने र बिक्री गर्ने कामले फुर्सद नै छैन । बिहानै उठ्नु र दिनभर मादलको काम गर्नु उनको दैनिकी हो । तर अहिले उनलाई खाना खाने समेत फुर्सद छैन । गोर्खा घर भएका २६ वर्षका आलेले बुटवलको हाटबजारमा विगत दुई वर्षदेखि मादल बनाउने र बिक्री गर्ने काम गरिरहेका छन् । बुटवलको व्यस्त बजारमा उनी पनि व्यस्त छन् । गएको असारपछि नै उनलाई कामको चाप बढेको हो । उनी भन्छन्–“तीजमा पनि मादल पु¥याउन पर्ने त्यसपछि त अहिले तिहार लागि सक्यो । मादलको माग गर्नेहरूको कमी छैन । जति बनाउन सके पनि बेच्नका लागि समस्या छैन् । हामी आमा बुवा र दाईसँगै दुई जना कामदारले मादल बनाउने काम गरिरहेका छौं ।’
आलेले तयार गरेका मादलहरू विशेष गरी बुटवलकै व्यापारीहरू खरिद गरेर बिक्री गर्ने गर्छन् । त्यस बाहेक गुल्मी, अर्घाखाँची लगायतको पहाडी जिल्लाहरूबाट पनि मादलका लागि आउने गरेको उनको भनाइ छ । काठमाडौंमा अध्ययनको सिलशिलामा कमाउँदै पढ्दै गरेको सीपले नै अहिले आफूलाई व्यवसायी बनाएको आलेको भनाइ छ ।
हिजो गोजीको खर्च धान्न सिके, अहिले जीवन चलाउने सहयोगी बनेको छ । उनी भन्छिन्–‘गोर्खामा जन्मिए पनि मादलको बजार कहाँ छ भन्ने विषयमा आफूले अध्ययन गरेर नै बुटवल बजार छानेको हुँ । यहाँ बिक्री गर्नेको संख्या धेरै भए पनि बनाउनेको संख्या कम छ त्यसैले मेरो रोजाईमा यो शहर परेको हो । त्यसैले पनि बनाउन सके बिक्री गर्न सहज छ यहाँ । आलेले तयार गरेका मादलहरू १५ सय देखि भैरव नाँचका लागि तयार गरिएका मादलको मुल्य १४ हजार रुपिँया सम्म पर्ने गर्दछ । आलेको यो तिहारमा १ सय मादल बेच्ने तयारी छ । तीजमा पनि ५० को हाराहारीमा बिक्री भएको हो गत वर्ष तिहारमा ८० वटा मादल बेचेका हुन् ।
बुटवलको माझ गाउँकी संगिता रायमाझीलाई तिहारले छपक्कै छोपेको छ । उनलाई नत बिहान नत राती कतिबेला पनि फुर्सद छैन । झिनिया रोटी बनाउने बेच्ने उनको दैनिकी हो । त्योसँगै तिहारमा अत्याधिक माग हुने रोटीमा पर्छ झिनिया । विगत १० वर्षदेखि शुरु गरेको व्यवसायले उनको परिवारलाई स्वरोजगार बनाएको छ ।
संगिता भन्छिन्, १० वर्ष अगाडि बुटवल नगर पालिकाले रोटी बनाउने सीप सिकाएको थियो हाम्रो आमा समूह पनि सहभागी भएर तालिम लियौं । समूहमा नै बनाएर बेच्ने काम गरेको हो । तर कोरोनाको महामारी पछि म आफैले एक्लै बनाउने र बेच्ने काम शुरु गरे । यसका लागि त्यति धेरै लगानी गर्न नपर्ने भएर पनि सहज भएको हो । हामी हाम्रै घरमा परिवारका सबै मिलेर बनाउने र बेच्ने गरेका छौ । यो सिर्जन हो त्यसैले अलि बढि व्यस्तता बढेको हो अर्डर आउँछ पु¥याउनु पर्छ । होलसेल पसलहरू आउनुहुन्छ उहाँहरू । गाउँतिर बढी पठाउने भएकाले पनि छिटो दिनु पर्छ । संगिताको परिवारले झिनिया रोटीका लागि गएको फागुन महिनाबाट नै बनाउन शुरु गरेका हुन् । चर्को घाम आवश्यक पर्ने भएकाले त्यसबेलाबाट नै काम शुरु हुन्छ संगिताका श्रीमानले भने । अहिले त कतै बनाउने कतै सुकाउने त प्याकिङ्गको काम यस्तैमा व्यस्त हो । रायमाझी दम्पतीले यो वर्ष तिहारको बेलामा ५ हजार दर्जन बेच्ने आँकलन गरेका छन् । एक दर्जन रोटीको मूल्य १ सय ८० देखि २ सयसम्म पर्ने गरेको छ ।
देवदह नगरपालिकामा पृथ्वी ज्ञान केन्द्र नेपालले तिहारका लागि सयपत्री फूल तयार गरिरहेको छ । संस्थाका सदस्य लक्की रानाले पहिलो पटक आफूहरूले फूलको खेती गरेको बताईन । यो सिर्जनमा फूलको माग बढी हुने भएकाले आफूहरूले फूल रोपेको उनको भनाइ छ । उनले आफूहरूले रोपेको फूलले उतपादन दिन शुरु गरिरहेको बताए केहि दिन अगाडी नै काठमाडौंबाट माग आएपछि फूल बेचेको हो ।
अरू फूलदै छ हामीले तिहारलाई नै लक्षित गरेर फूल रोपेका हौ । यो वर्ष हाम्रो शुरुवात हो त्यसैले जम्मा १ हजा बिरुवा रोपेका छौ । अर्को वर्ष बिरुवा बढाउने सोच छ । राना भन्छिन् फूलको माग धेरै हुन्छ तयसैले यसपाली हाम्रै वरिपरि नै फूल बिक्री हुन्छ हामी पनि तयसैको तयारीमा छौं । फूल फलेर तिहारको आगमनलाई स्वागत गरेको जस्तो अनुभुति भईरहेको छ राना भन्छिन् ।
बुुटवलको भुड्की चोकमा तिहारका लागि माटाका पाला किनिरहेकी नवलपरासीकी सुनिता अधिकारीले तिहारमा अरू झिलिमिली भन्दा पनी पालामा बत्ती बाल्दा आफूलाई आनन्द लाग्ने भएकाले पाला किन्न आएको बताईन । उनले धेरै बत्ती पालामा बल्दा सुन्दर देखिने भएकाले पनि आफूले सधै यसरी नै पालामा बत्ती बाल्ने गरेको बताईन ।
लामो समयले देखि भुड्की चोकमा माटामा भाडाहरूको व्यसाय गरिरहेका व्यापारीले यो सिर्जन माटोको पालाको भएको बताए । उनले यसपाली दुई थरीको पाला आएको छ । एकथरी ५० रुपिँया दर्जन र अर्को ६० रुपियाँ दर्जन । मैले मगाए जति लगभग सबै बिक्री हुन्छ समय अझै छ मैले व्यापारको तयारी मात्रै गरेको हो ।
नेपाल विद्युतिय व्यवसायी महासंघका कोषाध्यक्ष तथा दिपज्योति इलेक्ट्रोनिकका सञ्चलक प्रकाशचन्द्र पाण्डेयले यो बेला विद्युतिय बत्तीको व्यापार धेरै हुने समय हो । विगतका वर्षहरूमा यसको माग जति धेरै भए पनि यो वर्ष केही कम छ । तर पनि हामी व्यपारीहरूले यसको जोहो गरिसकेका छौ । उज्यालो पर्वका रूपमा मानिने भएकाले पनि धेरै घरहरूका विद्युतिय बत्ती जडान हुन्छ्न । यो पनि हामीहरू सबैका लागि एउटा अवसर हो कस्ले कति बेच्ने भन्दा पनि विद्युतिय बत्ती प्रयोग जति धेरै हुन्छ संम्रगमा हाम्रो व्यापार पनि राम्रो हुन्छ । यसपालीका लागि पनि भेरै बत्तीहरू आईसके कहिकतै गतवर्षका स्टकमा रहेका बत्तीहरू पनि यो वर्ष बिक्रि हुन्छन् ।