© २०२३
बुटवल, ९ कार्तिक । तिलोत्तमा नगरपालिकामा सुविधासम्पन्न मिनी महल होटल शुभारम्भ भएको छ । करीब ३५ वर्ष युरोपमा होटल पेशामा अनुभव बुटुलेका ब्यवसायी बिष्णु प्रसाद पौडेल र श्रीमति माया पौडेलले होटल शुरु गरेका हुन ।
एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेन्ट ब्याबसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले होटलको औपचारिक उद्घाटन गर्दै नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएको बताए । पछिल्लोसमय हरेक क्षेत्रमा जटिलता आएको भन्दै उनले सरकारबाट यो बेला उद्योग ब्यवसायलाई सहयोग हुने गरि योजना ल्याउनुपर्ने सुझाव दिए । धराशायी हुन लागेको यो उद्योगलाई बचाउने गरि तीन तहकै सरकारको नीतिको लागि निरन्तर आवाज उठाउदै आएको उनले बताए ।
कार्यक्रममा होटल संचालक बिष्णु प्रसाद पौडेलले आफु न्युजिल्याण्ड, लक्जम्बर लगायत बिभिन्न्न युरोपियन मुलुकहरुमा लामो समयसम्म सेफ कामको अनुभवलाई स्वदेशमा सेवा दिने गरि होटलमै लगानी गरेको बताए । करीब चल र अचल गरि साढे ४ करोड लगानीमा होटल शुरु भएको उनले बताए । साढे ३ तल्ला पूर्वाधार रहेको होटलमा १० वटा सुविधासम्पन्न एटेज बाथरुम सहितको एसी रुम रहेका छन । जहा बास बस्नका साथै विभिन्न खानाका परिकारहरु रेष्टुरेन्ट रहेको छ ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका पदाधिकारी तथा कार्यसमिति, बसपार्क टोल क्षेत्रका अध्यक्ष पिताम्बर सुवेदी, संघका कार्यसमिति सदस्य केशवराज पाण्डेले पर्यटन क्षेत्रमा नीजि क्षेत्रको योगदानलाई सरकारबाट सहि मुल्याकन हुन नसकेको दुखेसो गरे ।