© २०२३
बुटवल, ४ कार्तिक । पाल्पा दोभानमा जारी दोस्रो दोभान सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता २०८१ मा खस्यौली एफसी बुटवलले शानदार जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । गतवर्षको डिफेन्डिङ च्याम्पियन न्यु युथ युनियन पाल्पालाई ३—२ गोल अन्तरले पराजित गर्दै खस्यौलीले उपाधि दाबेदारी समेत पेश गरेको छ । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान खेलमैदानमा आईतबार भएको खेलमा खस्यौलीको जितमा रेशम चौहान (माक्कु) ले २ तथा धिरज परियारले एक गोल गरे । खेलमा खस्यौलीका रेशम चोहान म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
सोमबार पहिलो खेल युनाईटेड एफसी ए र तिलोत्तमा एफसी तथा दोस्रो खेल एलसिए र गड्डा एफसीका बिचमा हुने संयोजक सुनिल श्रेष्ठले बताए । प्रतियोगिताको उपाधि विजेतालाई नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक सुनिल श्रेष्ठले बताए । यसैगरि उत्कृष्ट खेलाडी, हाई स्कारेर, उत्कृष्ट गोलरक्षकलाई जनही दुई—दुई हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
कार्तिक ३ गतेबाट शुरु भएको प्रतियोगितामा २९ टिमले प्रतिस्प्रर्धा गरेको क्लबका अध्यक्ष बिक्रम कुमालले बताए ।