ट्रेंडिंग:

>> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी >> स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भूभागको मौसम बदली >> लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न >> राईनो संरक्षण गोल्डकप फुटबल : फाईनलमा नेपाल एपिएफ र नमोबुद्ध भिड्ने >> नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने >> सल्यानमा मिनीट्रक दुर्घटना: तीन जनाको मृत्यु, ८ जना घाइते >> भाइटीकाको शुभ साइत सार्वजनिक >> उपाधिका लागि गुड मर्निङ र दोभान भिड्ने

नवलपुरमा जीप दुर्घटना, दुईको मृत्यू

३ कार्तिक २०८१, शनिबार
३ कार्तिक २०८१, शनिबार

नवलपुर, कत्तिक ३ । नवलपुरको कावासोती १ बालुवा डाँडामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। मृत्यु हुनेमा बुलिङ्गटार-३ घर भई हाल कावासोती बस्दै आएका अन्दाजी २० वर्षीया पवित्रा मश्राङ्गी मगर र ३०-३२ वर्षीय पुरुष रहेका छन् । मृतक पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । घाइतेमध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए । घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए ।

यसैगरी, घाइते हुनेहरुमा बोलेरो चालक ३२ वर्षीय लिल बहादुर सुस्लिङ, ३२ वर्षीया तुलीमाया सारु, २४ वर्षीया सबिना सारु, १८ वर्षीया सृष्टी पाटा मगर, २६ वर्षीया मालती थानि परियार, १० वर्षीय न्युलोक, २२ वर्षीय झमिसरा पुलामी मगर, २४ वर्षीय रबिन्द्र पुलामी मगर, ३ वर्षीय कृष पुलामी मगर, ३ वर्षीय कृषन पुलामी मगर,  ९ वर्षीय आशिष राना मगर, बोलेरो साहु ४३ वर्षीय भोजबहादुर पुलामी मगर, १२ वर्षीया आयुसा तिवारी, २९ वर्षीया सजिता खत्री, आठ वर्षीय सेरेन खत्री, ३० वर्षीया कृषि परियार र सात वर्षीय सचिन परियार रहेका छन् ।

त्यस्तै, सात वर्षीय सफिरा परियार, १३ वर्षीया मालिका सुस्लिङ, १५ वर्षीया रोश्नी चिदी, ३३ वर्षी कर्णबहादुर सुस्लिङ मगर र हाल नामथर वतन नखुलेको अन्दाजी ३०-३५ को पुरुष घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?