© २०२३
बुटवल, ३ कार्तिक । विजया दशमी, शुभ दिपावली, छठ तथा नेपाल सम्वत ११४५ को अवसरमा न्यु लुम्बिनी ब्याडमिन्टन क्लबले आयोजना गरेको भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवल ब्याडमिन्टन क्लबका अर्जुन कार्की र दिलिप गौचनको जोडीले चुमेका छन । बुटवल उपमहानगरपालिकाको सहयोगमा शिवनगरस्थित क्लबको कवर्ड हलमा शनिबार भएको नगरस्तरिय भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०८१ को फाईनल खेलमा सेमलार ब्याडमिन्टन क्लबका राम बहादुर थापा र ज्ञानेन्द्र थापाको जोडीलाई २१–१०, २१–११ को सोझो सेटमा पराजित गर्दै बुटवल ब्याडमिन्टनका कार्की र गौचनको जोडीले उपाधि चुमेका हुन ।
उपाधिसंगै कार्की र गौचनको जोडीले नगद ३१ हजार १ सय, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो। उपविजेता सेमलार ब्याडमिन्टन क्लबका राम बहादुर थापा र ज्ञानेन्द्र थापाको जोडी भने नगद २१ हजार १ सय, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए ।
यसैगरि प्रतियोगितामा तामनगर ब्याडमिन्टन क्लबका सुभाष चन्द्र कर्माचार्य र मधु पुलामीको जोडी तथा लाफा ब्याडमिन्टन क्लबका राजु गुरुङ र बबिन थापाको जोडी तृतिय हुदै नगद १५ हजार १ सय, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको संयोजक नरेश कुमार श्रेष्ठले बताए । प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए ।
एक कार्यक्रमका बिच प्रतियोगिताको विजेता, उपविजेता टिमलाई बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनाल, क्लबका अध्यक्ष बोनिन पिया, महासचिव जिवकान्त काफ्ले, बिबिसिका द्धितिय उपाध्यक्ष शम्भु भट्टराईले पुरस्कार वितरण गरे ।