ट्रेंडिंग:

>> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी >> स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भूभागको मौसम बदली >> लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न >> राईनो संरक्षण गोल्डकप फुटबल : फाईनलमा नेपाल एपिएफ र नमोबुद्ध भिड्ने >> नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने >> सल्यानमा मिनीट्रक दुर्घटना: तीन जनाको मृत्यु, ८ जना घाइते >> भाइटीकाको शुभ साइत सार्वजनिक >> उपाधिका लागि गुड मर्निङ र दोभान भिड्ने >> निमार्ण ब्यवसायीहरुलाई सिध्याएर देश बन्ने सोच राख्नु गलत हो । — वरिष्ठ उपाध्यक्ष लामा >> कटहरिया नगरपालिकामा पुनः तालाबन्दी >> आइपिएल टिम लखनउले केएल राहुललाई रिटेन नगर्ने ! >> प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरण >> नेप्से २७ अंकले बढ्यो, ५ अर्बको कारोबार >> भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट छ- गृहमन्त्री लेखक

प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी

१ कार्तिक २०८१, बिहीबार
१ कार्तिक २०८१, बिहीबार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा उजुरी दिएका हुन् ।

अख्तियारमा उनले दिएको उजुरीमा विवादास्पद व्यापारी मिन बहादुर गुरुङमाथि विभिन्न मुद्धा मामिलाहरु राज्यका निकाय एवम् अदालतमा रहेको र निजलाई जेलसमेत हाल्न पर्ने जरिवाना रकम समेत असुल गर्नपर्ने देखिएको र निज सो जेल सजाय एवम् जरिवाना रकम तिर्नबाट बच्नको लागि घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा लिएको आरोप लगाएका छन् ।

उनले भनेका छन्- ‘व्यवसायी मीनबहादुर गुरुङले आफ्नो मुद्धा, अवरोधबाट बच्न प्रधानमन्त्रीसँग अनुनय विनय गरेको र त्यसरी मुद्धा मामिलाबाट जोगाइदिएदेखि जस्तोसुकै सहयोग गर्ने जेण्टल एग्रिमेण्ट समेत गरेको कारण मात्र सो मुद्धा मामिलाबाट बचाउने प्रतिबद्धता सहित सो बापत प्रधानमन्त्री केपि शर्मा ओली ज्यूले घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा विवादास्पद व्यापारी मिन बहादुर गुरुङलाई दिएबाट प्रधानमन्त्रीले स्पष्ट घुस लिएको देखिन्छ । अत यसरी घुस लिने दिने उल्लेखित व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने देखिन्छ । अत निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) को परिच्छेद ( २ ) को भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्थाको दफा (३) बमोजिम आठवर्षदेखि १० वर्षसम्म कैद गर्न माग गर्दछु । साथै सोही ऐनको दफा (५), दफा (६) बमोजिम समेत कारवाही गर्न माग गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?