ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

नीजि लगानीको नमुना अस्पताल बुटवल हस्पिटल —पुर्वमन्त्री खांण

२९ आश्विन २०८१, मंगलवार
२९ आश्विन २०८१, मंगलवार

बुटवल, २९ असोज । बुटवलमा विशिष्टिकृत सेवा दिदै आएको बुटवल हस्पिटल प्रा.लि.यस क्षेत्रकै नीजि लगानीको सुविधासम्पन्न अस्पताल भएको पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले बताएका छन । मंगलबार अस्पतालको पुर्वमन्त्री खांण सहितका नेताहरुले अस्पतालको नवनिर्मित भवन, उपकरण तथा सेवाका बारेमा जानकारी लिदै सो कुरा बताए । बुटवलमा नीजि क्षेत्रको एक सय शैयाको आफ्नै भवनमा बनेको बुटवल हस्पिटल प्रा.लि पहिलो अस्पताल हो ।

अस्पतालको अवलोकन प्रश्चात पुर्वमन्त्री खांणले बुटवल धेरै हिसाबले अब्बल रहेपनि स्वास्थ्य क्षेत्रमा पछाडी परेको भान भएको बेला बुटवल हस्पिटल प्रा.लि.सुविधासम्पन्न विशिष्टिकृत सेवा दिन सफल भएको बताए । संविधानले परिकल्पना गरे अनुसार स्वास्थ्यको हक नागरिकहरुको मौलिक अधिकार भएपनि सबैको पहुचमा सरकार पुग्न नसकेको भन्दै पुर्व मन्त्री खांणले नीजि क्षेत्रबाट नागरिकलाई सेवा दिन सफद भएको बताए ।

बुटवल हस्पिटल प्रा.लि.ले दुखी गरिव आसहाय विरामीहरुको उपचारमा पनि मद्त गर्ने विश्वास व्यक्त गर्दै उनले यो हस्पिटल यस क्षेत्रकै गहना भएकोले सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए । अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले नीजि क्षेत्रबाट भएको प्रयासलाई तीन तहका सरकार र नागरिकहरुले सकारात्मक ढंगले सहयोग गरे आफुहरुको हौसला बढ्ने बताए । उनले बुटवलबाट उपचारकै लागि भारतिय शहरहरुमा गएर विरामीले धेरै दुखकष्ट पाउनुका साथै ठुलो धनराशी खर्च भैरहेको वेला आफ्नै स्थानमा वनेको अस्पतालको संरक्षणमा सबैको साथ पाउने अपेक्षा गरे । उनले छिट्टै नर्सिंङसहितका कार्यक्रमहरु पनि अघि बढाउने बताउदै राज्यले तोकेको मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रलाई अघि बढाउनु पर्ने बताए ।

अस्पतालको अवलोकनका क्रममा गण्डकी प्रदेशका अर्थ मन्त्री डा टुक बहादुर गुरुङ, नेपाली कांग्रेस लुम्बिनी प्रदेशक ससदिय दलका प्रमुख सचेतक जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, बुटवल वडा न ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल वडा न ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, नेपाली कांग्रेसका नगर उपसभापती ज्योती भण्डारी, बुटवल उद्योग बाणिज्य संघका महासचिव मुक्ति अधिकारी, बुटवल हस्पिटल प्रा.लि.का सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतकाले अस्पतालका विषयमा धारणा राखेका थिए । आजभन्दा २४ वर्ष अघि स्थापना भएको यो अस्पतालमा विभिन्न विधाका ३५ जना कन्सल्टेण्ट डाक्टरहरु सहित २ सय ५० जना कर्मचारीहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?