© २०२३
काठमाडौं, २४ असोज । अभियन्ता पुण्य गौतम माथी रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । गत २१ गते राती जोरपाटीस्थित निवास गइरहेको बेला गौतम माथी रड प्रहार भएको थियो । जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजको आइसियुमा भर्ना हुनु परेको थियो । अभियन्ता गौतम खतरामुक्त छन ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल ब्यावसायी दुर्गा प्रसाइका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्वर नपा– ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानले सो रड प्रहार गरेको खुल्न आएको छ ।
प्रहरीका अनुसार सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन् ।