अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रुपन्देही जिल्ला इञ्चार्जको जिम्मेवारी मोहम्मद अलीले पाएका छन् । युवा नेता अलीलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र यादवले बिहीबार जिल्ला इञ्चार्जमा मनोनयन गरेका हुन् ।
जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका अलीले पार्टीको विधानमा रही देश र जनताको पक्षमा काम गर्ने बताए । उनले भने, ‘पार्टीले दिएको जिम्मेवारी बहन गर्नेछु । सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।’