© २०२३
प्यूठान, २३ असोज ।
स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.ले यात्रुलाई २० प्रतिशत छुटमा प्यूठानबाट काठमाडौं लैजाने निर्णय गरेको छ । नेपाल सरकारले तोकिदिएको भाडा कम दरमा सेवा दिन लागेको प्रा.लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले प्रा.लि.को सोमबार बसेको सञ्चालक समितिको बैंठकले असोज २७ गतेदेखि कात्तिक २२ गतेसम्म प्यूठानबाट काठमाडौं डिलक्स र सुपरडिलक्स बसको यात्रामा २० प्रतिशत छुट दिन थालेको बताए । प्रा.लि.ले डिलक्सले १ हजार ६ सय ५० र सुपरडिलक्सले १ हजार ८ सय ४४ लिँदै आएका छन् ।