ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

रामग्राम स्तुपालाई विश्वसम्पदामा सूचीकृत गर्न पहल गरिने छ ः पुर्वगृहराज्यमन्त्री कण्डेल

१३ कार्तिक २०७९, आइतबार
१३ कार्तिक २०७९, आइतबार

नवलपरासी, १३ कातिक ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारले अगामी दिनमा आफुहरुको भूमिका लुम्बिनी सरह रामग्राम स्तुपलाई विश्वसम्पदामा सूचीकृत गराई विकासका लागि छुट्टै विकास समिति बनाउन पहल गरिने बताएका छन् । परासीमा पत्रकार सम्मेलन गरी नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं.२ र सोही क्षेत्र भित्र रहेका लुम्बिनी प्रदेशका १ र २ का उम्मेद्वार तथा समानुपातिक तर्फ सूचीमा परेका उम्मेदवारहरुले संयुतm रुपमा रामग्राम स्तुपा तथा अन्य बौद्ध स्थलहरुको विकासका लागि काम गर्ने दाबी गरेका हुन् ।

पत्रकार सम्मेलनमा प्रतिनिधि सभाका उम्मेद्वार तथा पुर्वगृहराज्यमन्त्री समेत रहेका साँसद देवेन्द्रराज कंडेलले लुम्बिनी विकास कोषको भर पर्दा रामग्राम स्तुपा र कोलीय राजधानी पण्डितपुर पछाडि पर्न गएको ठहर गर्दै अगामी दिनमा आफ्नो काम यस क्षेत्रलाई लुम्बिनी जस्तै विकास गर्न लुम्बिनी विकास समिति बनाउने बताएका थिए । यसका लागि बाम लोकतान्त्रिक गठबन्धनको सरकार आवश्यक रहेको र त्यसका लागि नवलपरासीका जनताले बाम लोकतान्त्रिकका उमेदवारलाई पुनः निर्वाचित गर्ने विश्वास उनले ब्यक्त गरेका थिए । त्यसैगरी नवलपरासीका युवाहरुको रोजगारीका लागि जिल्ला भित्रैका उद्योगहरुमा सम्भावनाको खोजी गरी स्थानीयस्तरमै रोजगारीको ब्यवस्थापन गर्ने दाबी गरे । ‘अहिलेसम्म राजनीतिक ब्यवस्थाको ब्यवस्थापन गर्ने चरण थियो’, उनले भने,‘अबका दिन सन्तुलित विकास र रोजगारी प्रमुख मुद्दा हुने छ ।’

त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य र हाल पुनः सोही पदका उमेदवार बैजनाथ कलवारले लुम्बिनी, पण्डितपुर लगायत अन्य बौद्ध स्थलको खोज भएका स्थान जोडेर पर्यटन कोरिडोर बनाईने बताएका थिए । उनले महेशपुर देखि महलपोखरी हँुदै पाल्पा जोड्ने मार्गलाई प्राथमिकतामा राखेर आउँदो दिनमा काम गर्ने दाबी गरेका थिए । त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यकै उम्मेदवार तथा सविधान सभा सदस्य चिनक कुर्मीले यस क्षेत्रको सन्तुलित विकासका लागि बाम लोकतान्त्रिक गठबन्धनको आवश्यकता औल्याएका थिए । उनले शिक्षा, स्वास्थ्य र रोजगारी प्रमुख समस्या रहेको हँुदा यसलाई निराकरण गर्नका लागि बाम लोकतान्त्रिक सरकारको आवश्यकता रहेको बताए ।

अहिले जनताले बाम लोकतान्त्रिकलाई नै विकल्पको रुपमा देखेका कारण जनताको आशा र भरोसा अनुरुप नै काम गर्ने प्रतिवद्धता दोह¥याउँदै उनले गठबन्धनका उमेदवारलाई मतदान गर्न आग्रह समेत गरेका थिए । समानुपातिक उम्मेदवार नेपाली काँग्रेसका नेता राधेश्याम पाठकले केपी ओलीको गठबन्धन प्रतिगमनकारीको गठबन्धन भएको संज्ञा दिदै जनताको बलिदानीको पक्षधर बाम लोकतान्त्रिक गठबन्धन भएकोले यसको पक्षमा जनताले मतदान गर्ने दाबी गरेका थिए ।

नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं.२ मा तीनवटा गठबन्धन प्रतिस्पर्धामा छन् । जस्मा सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा कण्डेल, लुम्बिनी प्रदेशसभा क्षेत्र (२)ं मा प्रदेश साँसद कलवार र लुम्बिनी प्रदेश सभा (१) मा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टी (डा.बाबुराम भट्टराई पक्षधर) का संविधान सभा सदस्य कुर्मी छन् । त्यसैगरी नेकपा एमाले र जनता समाजवादी पार्टीैको गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका दिपेन्द्र कुमार अधिकारी छन् । प्रदेश सभा (१) मा एमालेकै नेता थान प्रसाद गैरे छन् भने प्रदेशसभा (२) मा जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादव उम्मेदवार छन् । त्यसैगरी राप्रपा र लोपसाको गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा पुर्व आईजिपी ध्र्रुव बहादुर प्रधान छन् भने प्रदेश सभा (१) र (२) मा क्रमशः पञ्चराम चौधरी र नगेन्द्र अग्रहरी छन् । यस क्षेत्रमा त्रिकोणात्मक गठबन्धनहरुको प्रतिस्पर्धा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?