© २०२३
दाङ,२१ असोज । सञ्चारिका समुहको आयोजनामा स्थानीय तहमा संचार नीतिको आवश्यकता र लैंगिक एवं सामाजिक समावेशीकरणमैत्री संचार माध्ययम निर्माणमा स्थानीय तहको भूमिका विषयक छलफल कार्यक्रम तुलसीपुर उपमहानगरपालिकामा सम्पन्न भएको छ । सो अबसरमा तुलसीपुरका नगरप्रमुख टीकाराम खड्काले स्थानीय तहमा समाबेशिकरणमैत्री सञ्चार माध्यम बनाउने प्रतिबद्धता जनाएका छन् । उनले सेवा प्रबाहलाई प्रबिधि मैत्री बनाउदै लगिने बताए । विभिन्न नीति , योजना तथा कार्यक्रम आदिको निर्माण तथा विस्लेषणको लागि आबस्यक तथ्यांक संकलन तथा सर्बेक्षणको कार्यक्रमलाई प्राथमिकता दिइने बताए आफ्नो पालिकामा कार्यदल गठ्न गरेको र कार्यदल र पालिका बिचमा समन्वय गरेर काम अगाडि बढाउने बताए । समाजका अन्य निकायजस्तै सञ्चार क्षेत्रलाई पनि प्रोत्साहन र नियमन गर्ने निकाय स्थानीय सरकार नै भएकोले त्यसका लागि आवश्यक नीति नै निर्माण गरेर अघि बढ्न कार्यदल गठन गरिएको बताए ।
संचारिका समूह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले स्थानीय तहमा महिलाले चलाएका संचारमाध्यमलाई प्राथमिकतामा राख्न स्थानीय सरकारलाई आग्रह गरिन। सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा उनले तुलसीपुरमा भएका संचार माध्यममा महिलाको भूमिका, उनीहरुले अनुदानको कार्यक्रम पाए/नपाएको निगरानी उपमहानगरले गर्नुपर्ने बताइन् ।
संचार क्षेत्रमा काम गर्ने महिलाले सुत्केरी बिदा नपाउने, थोरै तलबमा काम गर्नुपर्ने बाध्यता, महिलालाई अवसर नदिने, पुरुषहरु मात्रै अगाडी सर्ने परम्परा रहेकाले स्थानीय सरकारले नीति बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । यस्तै सञ्चार बिज्ञ पत्रकार सुशिल बस्नेतले समाज परिवर्तनको काम पत्रकारहरुले गदै आएको बताए । उनले अहिले पनि समाजमा पछि परेका वर्गका हक हितका लागि कलम चलाउदै आएको बताए । विशेषगरी महिलाहरुले नै महिलाका समस्याका कुरा, सफलताका कुरा बाहिर ल्याएमा प्रभाबकारी हुने उनको भनाइ थियोे । राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरेले महिलालाई अबसर दिएमा राम्रो काम गर्ने बताइन। उनले महिलाले दोहोरो भूमिका निभाउनुपर्ने भएकाले थप समय दिनुपर्नेमा जोड दिएकि हुन् ।
तुलसीपुर उपमहनगरका प्रेस संयोजक गणेश आचार्यले स्थानीय तहमा संचार नीति र लैंगिकमैत्री संचार संस्था हुन आबश्यक रहेको बताए । उनले पहिलो पटक तुलसीपुृरले मिडियाको वर्गिकरण गर्न थालेको बताए । लोककल्याणकारी विज्ञापनमा रेडियो, टेलिभिजन, अनलाईन र पत्रपत्रीका सूचीकरण गरेकालाई मात्रै छनोट गरिने बताए ।
सञ्चारिका समूहले आयोजना गरेको स्थानीय तहमा संचार नीतिको आवश्यकता र लैंगिक एवं सामाजिक समावेशीकरणमैत्री संचार माध्यम निर्माणमा स्थानीय तहको भूमिका विषयक छलफल कार्यक्रमको सहजिकरण संचारिका समूह नेपाल दाङका अध्यक्ष रञ्जिता अधिकारीले गरेकी थिइन् । तुलसीपुर क्षेत्रका सञ्चारकर्मी, सम्पादक र प्रकाशकको उपस्थिति रहेको थियोे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी