© २०२३
बुटवल, २२ असोज ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा जिल्लामा यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रम संचालन हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत नवलपरासी वर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा यस वर्षवाट धान वालीको जोन कार्यक्रम संचालन हुने छ ।
सुनवल नगरपालिकाको नगर प्रमुख बिमला अर्याल, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाको नगर उपप्रमुख सम्झना चौधरी समेतको उपस्थितिमा सुनवल नगरपालिकाको सभाहलमा सम्पन्न धान जोन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका रूपन्देहीका प्रमुख नारायण काफ्लेले यस वर्षदेखि सुनवल नगरापालिकाका २, ३ र ९ नं. वडाहरू र रामग्राम नगरपालिकाको १४ नं. वडामा धान जोन कार्यक्रम लागू हुने जानकारी दिए । यस वर्षदेखि जोन कार्यक्रम अन्तरगत उक्त क्षेत्रमा कृषकहरूलाई कृषि यान्त्रिकरण, सिचाँई पूर्वाधार निर्माण, तालिम तथा प्रदर्शनी मार्फत कृषकहरूको क्षमता विकास कार्यक्रम, धान बीउ उत्पादन भण्डारण तथा प्रशोधन लगायतका कार्यक्रम हरू संचालन गरिने छ ।
उक्त कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले कृषकहरूको माग र नगरपालिकाको समेत विशेष पहलमा यस नगरपालिकाको वडा २, ३ र ९ तथा रामग्राम नगरपलिकाको वडा १४ मा धान को जोन कार्यक्रम यस वर्ष देखी संचालनमा आउनु खुशीको विषय रहेको जनाउँदै आगामी दिनमा नगरपालिकाबाट समेत यस परियोजनासंगको सहकार्यमा कृषि क्षेत्रमा विशेष कार्यक्रमहरू संचालन गर्न योजनावद्ध तरिकाले अगाडी बढ्ने प्रतिवद्धता जनाईन् । कार्यक्रममा रामग्राम नगरपालिकाका नगर उप प्रमुख सम्झना चौधरीले कृषि पेशालाई सम्मानित पेशाको रूपमा स्थापित गर्दै राज्यले लिएको आत्मनिर्भरताको लक्ष्य हासिल गर्न यस परियोजनाले महŒवपूर्ण भुमिका खेल्ने अपेक्षा राखेकी थिईन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवले परियोजनामार्फत यस क्षेत्रका कृषकहरूको उच्च उत्पादन लागतलाई न्युनीकरण गर्न कृषि यान्त्रिकरण तथा उन्नत वीउ विजन तथा उन्नत प्रविधिको प्रयोग महत्वपुर्ण रहने हुँदा परियोजनाले त्यस तर्फ विशेष ध्यान दिनुपर्ने विषय राखेका थिए । कार्यक्रम लागू हुने क्षेत्रका जनप्रतिनिधिहरू तथा कृषक समूह तथा सहकारीका प्रतिनिधिहरूको समेत उपस्थितिमा सम्पन्न उक्त अभिमुखीकरण गोष्ठीमा परियोजनाको समग्र उपलब्धी र आगामी दिनहरूमा यस क्षेत्रमा संचालन हुने कार्यक्रमहरूको सम्बन्धमा जानकारी गराउनुको साथै कृषकहरूसंग अन्तरक्रिया समेत गरिएको थियो ।