ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

औषधी ब्यवसायीको शुभकामना आदानप्रदान तथा सम्बन्ध विस्तार कार्यक्रम

स्वास्थ्य क्षेत्रका सरोकारवालाहरु एकताबद्ध भएर यस क्षेत्रमा भएका बिकृति हटाउने र चुनौतीको सामना गर्नुपर्ने सहभागीको सुझाव
२० आश्विन २०८१, आईतवार
२० आश्विन २०८१, आईतवार

बुटवल, २० असोज । नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीले विजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल सम्बत ११४५ को शुभ अवसर पारेर सरोकारवालाहरुसंग शुभकामना आदानप्रदान तथा सम्बन्ध विस्तार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूबीच सहकार्य र सम्बन्ध विस्तारको लागि एक महत्वपूर्ण प्रयास भएको बताए । स्वस्थ्य पेशा संवेदनशिल पेशा भएको भन्दै सरोकारवालाहरु आफनो भुमिका र कर्तब्यलाई राम्ररी बुझनुपर्ने उनले सुझाव दिए । स्थानीय औषधि व्यवसायी र स्वास्थ्य सेवामा आबद्ध विभिन्न पक्षहरूबीच समन्वय र सहयोगको वातावरण सिर्जना गर्न यस्ता कार्यक्रमबाट मद्दत मिल्ने उनले बताए ।

कार्यक्रममा संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्ग बहादुर बस्नेतले संस्थाबाट पर्वका रुपमा शुभकामना आदानप्रदानसंगै सम्बन्ध बिस्तारको कार्यक्रम गर्दै आएको बताए । भावनात्मक रुपमा सरोकारवालाहरुलाई एकठाउ ल्याउन र सम्बन्ध बिस्तारमा कार्यक्रमबाट सहयोग मिल्ने आशा ब्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल, संघका पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, रुपन्देही जिल्ला संस्थापक अध्यक्ष सुरज भट्टराई, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने, सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा. विनोद पराजुली, नेपाल चिकित्सक संघका अध्यक्ष डा.कृष्ण खरेल, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख युवराज पाण्डे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, महासचिव कृष्ण प्रसाद शर्मा पोखरेलले पछिल्लोसमय स्वास्थ्य क्षेत्रमा देखिएका विकृति हटाउदै यसमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने बताए ।

कार्यक्रमको संयोजन शाखाका सचिव कपिल ज्ञवालीले छोटोसमयको तयारीमा कार्यक्रम निक्कै महत्वपूर्ण र सफल भएको बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई थप रचनात्मक बनाउनेतर्फ पहल गर्ने समेत बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?