© २०२३
चन्द्रौटा(कपिलवस्तु), १९ असोज ।
नेकपा एमाले विजयनगर गाउँ कमिटीले श्रमदान अभियान चलाएको छ । कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाले : एमाले विजयनगर गाउँ कमिटीले हरेक महिनामा अनिवार्य २ पटक श्रमदान गर्नेगरी अघि सारेको छ । कमिटीले ‘सबैले श्रमदान गरौँ, राष्ट्र निर्माणमा सहयोग पुर्याऔँ’ भन्ने मूल नाराका साथ श्रमदान अभियान सुरु गरेको उनले बताए ।
एमाले प्रदेश कमिटी सदस्य तथा बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सबैले श्रमदान गर्नुपर्ने बताए । श्रमदान अभियानले नागरिकलाई सचेत गराउने र जनताको समस्यालाई मध्यनजर गर्दै योजना ल्याएको उनले जनाए ।
आम जनतालाई विकासको कार्यमा जोड्नका लागि श्रमदान अभियान चलाइएको अध्यक्ष खन्गाहाको भनाइ छ । उनका अनुसार पार्टीलाई अझै सशक्त ढङ्गले अगाडी बढ्ने र बलियो हुने विश्वास रहेको छ । अभियानमा एमाले पार्टी गाउँ कमिटी सदस्य, जनवर्गीय संगठनका नेता कार्यकर्ता र स्थानीयको समेत सहभागीतामा रहेको थियो ।