ट्रेंडिंग:

>> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी >> स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भूभागको मौसम बदली >> लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न >> राईनो संरक्षण गोल्डकप फुटबल : फाईनलमा नेपाल एपिएफ र नमोबुद्ध भिड्ने >> नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने

कपिलवस्तुमा पहिलो पटक “पोन्ड क्रस विथ रोप” साहसिक खेल

१९ आश्विन २०८१, शनिबार
१९ आश्विन २०८१, शनिबार

चन्द्रौटा(कपिलवस्तु), १९ असोज ।

कपिलवस्तुको पर्यटकीय क्षेत्र राजापानीमा पहिलो पटक साहसिक खेल “पोन्ड क्रस विथ रोप” को आयोजना हुने भएको छ । लायन्स क्लब कपिलवस्तुको आयोजनामा असोज २३ गतेदेखि सुरु हुने यस प्रतियोगितामा सहभागीहरूले डोरीको माध्यमबाट पोखरी पार गर्नेछन् । प्रतियोगिताको औपचारिक घोषणा बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

खेल दुई उमेर समूहमा विभाजन गरिएको छ—बालबालिकाको लागि (८ देखि १६ वर्ष उमेर समूह) र वयस्कहरूको लागि। कार्यक्रम संयोजक राम सुभागे थारुका अनुसार यो प्रतियोगिता कपिलवस्तुमा पहिलो पटक आयोजना गरिएको हो । खेलबाट संकलित रकम लागू पदार्थ दुव्र्यसन र अटिजमबाट प्रभावित व्यक्तिहरूको सहयोगार्थ खर्च गरिने क्लबका अध्यक्ष नवदत्त घिमिरेले जनाए । संयोजक थारुले खेलका नियमहरू पनि स्पष्ट पारेका छन् । उनका अनुसार प्रतियोगितामा सहभागीहरूले ५० मिटरको दुरीमा झुन्ड्याइएको रस्सीको रिङको सहायताले पोखरी पार गर्नुपर्ने बताए । बालबालिकाका लागि दूरी २५ मिटर तोकिएको छ भने वयस्कहरूले ४८ मिटरको दूरी पार गर्नुपर्ने उनको भनाइ छ ।

सबैभन्दा छिटो समयमा दूरी पार गर्ने खेलाडीलाई विजेता घोषणा गरिनेछ । क्लबका अध्यक्ष घिमिरेले पुरस्कारको व्यवस्था पनि निकै आकर्षक रहेको बताएका छन् । उनका अनुसार जुनियरतर्फ प्रथम स्थान हासिल गर्नेलाई ११ हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । सिनियरतर्फ प्रथम स्थानलाई ५१ हजार १११, दोस्रो स्थानलाई २५ हजार १११, र तेस्रो स्थानलाई १५ हजार १११ नगद पुरस्कार प्रदान गरिनेछ । “यो प्रतियोगिताले कपिलवस्तुको साहसिक पर्यटनको प्रवर्द्धन मात्र होइन, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउने छ,” घिमिरेल बताए । उनले प्रतियोगिताले स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने विश्वाससमेत व्यक्त गरे ।

यस खेलले जिल्लाको पर्यटन क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । प्रतियोगिता सफल गर्नका स्थानीय संघसंस्थाको सहयोग रहने दावी छ । “साहसिक खेलप्रेमीहरूका लागि प्रतियोगिता निकै रोमाञ्चक हुनेछ” ः थारुले भने । “पोन्ड क्रस विथ रोप“ प्रतियोगिताले कपिलवस्तुको राजापानीलाई साहसिक खेलको गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?