ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

स्वार्थ त्यागौं, देश विकासमा हातेमालो गरौं

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

सानो छँदा बुढापाका एबं देश विदेश घुमेका नेपालीहरूबाट नेपाल ‘स्वर्गको टुक्रा’ भनेको सुनिन्थ्यो । त्यस्तो सुन्दा जो कोही नेपालीलाई गर्व लाग्थ्यो । आनन्दले मन प्रफल्लित हुन्थ्यो । त्यसबेला मेरो कलिलो मगजले सोच्थ्यो– हामी त स्वर्गमै छौं । अरू देशका मानिसलाई स्वर्ग देख्न मन लाग्यो भने हाम्रो देशमा आउनुपर्छ. । हामी कति भाग्यमानी । तर, आज नेपाल आफ्नै नागरिकहरूबाट उपेक्षित र असन्तुष्ट देशको रूपमा चिनिन थालेको छ ।

एक समय देशको सुन्दरता, समृद्धि र सांस्कृतिक धरोहरलाई संसारभरि नै चिनाइएको नेपाल आजका दिनमा त्यसको विपरीत परिस्थितिको सामना गरिरहेको छ । विगतका राजनीतिक परिवर्तन र सत्तारूढ दल तथा सरकारको क्रियाकलापले जनतामा निराशा मात्रै थप्दै लगेको छ । विशेषगरी बि.स. २०४७ सालदेखि हालसम्मको राजनीतिक परिदृश्यमा हामीले देखेका विभिन्न परिवर्तन र सरकारको अस्थिरताले नेपाली जनताको मनोबल खस्किएको छ ।

नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई मूल्यांकन गर्दा देशको समृद्धि र विकासमा अपेक्षित प्रगति हुन सकेको छैन । जनताले राजनीतिक दलहरू र नेताहरूसँग धेरै अपेक्षाहरू राखेका थिए तर तिनै नेताहरूबाट बारम्बार आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको छ । देशको नेतृत्व तहमा रहेका व्यक्तिहरूले जनताको विश्वासलाई बारम्बार धोका दिएका छन्, जसले गर्दा जनतामा निराशा र आक्रोश उत्पन्न भएको छ । यो आक्रोशले देशको भविष्यप्रति आशावादी दृष्टिकोण राख्न कठिन बनाइरहेको छ ।

नेपालको दुर्भाग्यपूर्ण वास्तविकता भनेको यहाँको युवाशक्ति, जो देशको भविष्य हो, बेरोजगारी र अन्य सम्भावनाहरूको अभावका कारण विदेशिन बाध्य हुनु परेको छ । लाखौं युवाहरू आफ्नो भविष्य सुरक्षित गर्ने सपना बोकेर हरेक बर्ष विदेश गइरहेका छन् । यसले देशको दक्ष जनशक्ति र उत्पादनशीलता गुमाउने अवस्थाको सिर्जना गरिरहेको छ । राज्यले युवाहरूलाई रोजगारका अवसरहरू दिन नसक्दा, उनीहरू आफ्नो सपना पूरा गर्न परदेश जानुपर्ने बाध्यता छ । तर, यो समस्यालाई समाधान गर्न सरकार र राजनीतिक दलहरूको ध्यान व्यवहारमा कहिल्यै गहिरिएन । यद्यपि बोलीमा भने निकै गहिरिएको देखिन्छ ।

एकातिर विदेशमा गएका युवाहरूले त्यहाँको अर्थतन्त्रमा ठूलो योगदान पुराएका छन् भने अर्कोतिर नेपालमा उनीहरूको अभावमा उत्पादनशील क्षेत्रहरू कमजोर भइरहेका छन् । यसले नेपालको आर्थिक वृद्धि तथा विकासमा ठूलो अवरोध सिर्जना गरिरहेको छ । राजनीतिक दल र सरकारले यस गम्भीर समस्यालाई गम्भीरताका साथ लिएको देखिँदैन, जसले गर्दा समस्या दिनानुदिन चुलिदै गएको छ । देश यो दयनीय अवस्थामा गुज्रनुको कारण यहाँका राजनीतिक दल र नेताहरू असक्षम हुनु हो । सत्ता सञ्चालन गर्ने जिम्मेवारीमा रहेका नेताहरूले देशको हितभन्दा आफू र आफ्नो दलको अस्तित्वको चिन्ता गरेका छन् । सत्ता परिवर्तन मात्र प्राथमिकतामा परेको छ जसले गर्दा जनताका लागि ठोस कदम चाल्न राजनीतिक दलहरू असफल भएका छन् । भाषणमा मात्र देशप्रतिको चिन्ता देखाउने नेताहरू, व्यवहारमा आफ्नो व्यक्तिगत स्वार्थलाई अग्रस्थानमा राख्छन् । यसको ज्वलन्त उदाहरण हालका विभिन्न सरकारहरूको असफलतामा देख्न सकिन्छ ।

नेताहरूले भाषणमा देशको विकास र समृद्धिका कुरा गरे पनि, व्यवहारमा उनीहरूको प्राथमिकता सधैं सत्ता र शक्तिमा सीमित हुने गरेको छ । जनताको समस्याहरूलाई गम्भीरताका साथ समाधान गर्ने भन्दापनि नेताहरू आ–आफ्ना गुटहरू बलियो बनाउने र आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने ध्याउन्नमा रहेको देखिन्छ । यो प्रवृत्तिले गर्दा जनतामा निराशामात्र बढिरहेको छ र देशको भविष्यप्रति उनीहरूको विश्वास कमजोर हुँदै गएको छ ।

कोरोना महामारीले देशलाई थप संकटमा पार्दा पनि सरकार र राजनीतिकदलहरूको आन्तरिक कलह र गुटबन्दीले जनताको स्वास्थ्य र जीवनलाई उपेक्षागर्यो। स्वास्थ्य सेवा क्षेत्रको दयनीयअवस्था, आवश्यकअक्सिजन प्लान्टको अभाव, र अन्यआवश्यकपूर्वाधारको कमीले सरकारको असक्षमताउजागर गर्यो। नेताहरू पदकै लुछाचुँडीमा व्यस्तहुँदा, जनताले आफ्नो सुरक्षा र स्वास्थ्यकालागि संघर्ष गर्नुपर्ने अवस्था आयो।

कोरोना महामारीका बेला जनताले सरकार र राजनीतिक दलहरूबाट प्रभावकारी नेतृत्वको अपेक्षा गरेका थिए । तर, दुर्भाग्यवश नेताहरूले यस कठिन समयमा जनताको हितभन्दा आफ्नो पद र शक्तिलाई प्राथमिकता दिए । आवश्यक पूर्वाधारको अभाव, मेडिकल उपकरणहरूको कमी र स्वास्थ्य सेवाको दयनीय अवस्थाले गर्दा धेरैले अकालमा ज्यान गुमाउनु प¥यो । यसले गर्दा त्यसबेला सरकार र राजनीतिक दलहरूको असफलता झन् झाँगिदै गएको थियो र त्यो अहिले पनि कायम छ भन्दा अन्यथा नहोला । यहाँ लोकतन्त्रको नाममा हरेक राजनीतिक दलभित्र गुटबन्दी र आन्तरिक कलहले शासन गर्ने प्रवृत्ति विकसित भएको छ । प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस तथा २०७९ सालको आमनिर्वाचनबाट जनतामा निकै आशा जगाउंदै उदाएको नयाँशक्ति राष्ट्रिय स्वतन्त्र पार्टी समेत आन्तरिक कलह र गुटबन्दीको शिकार भएका छन् । जसले गर्दा यी दलहरूले जनताको विश्वास गुमाएका छन् । सत्ता सञ्चालनको जिम्मेवारी लिने बेला दलहरू एकजुट भएर देशको समृद्धिका लागि अघि बढ्नुपर्ने भएपनि, नेताहरू आ–आफ्नै स्वार्थमा लडिरहेका छन् ।

लोकतन्त्रको मर्म भनेको जनताको आवाज सुन्नु र उनीहरूको हितमा काम गर्नु हो । तर, नेपालमा लोकतन्त्रको नाममा गुटबन्दी, आन्तरिक कलह र शक्ति संघर्षको खेल चलेको छ । यसले गर्दा जनतामा लोकतन्त्रप्रति विश्वास घट्दै गएको छ । जनताले अपेक्षा गरेका परिवर्तनहरू राजनीतिक दलहरूको आन्तरिक झगडाले निष्फल बनाएका छन् । यसले देशलाई पछाडि धकेलिरहेको छ र जनताको मनोबललाई कमजोर बनाइरहेको छ । नेपाली नागरिकको रूपमा हामीले देशप्रतिको जिम्मेवारी बोध गर्न जरुरी छ । अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले भनेका थिए– “नभन देशले तिम्रो लागि के गर्न सक्छ, बरु भन तिमीले देशको लागि के गर्न सक्छौ ? अहिले यो भनाईलाई हृदयदेखि नै मनन गर्न आवश्यक छ । सरकार र राजनीतिक दललाई गालीमात्र गर्नु पर्याप्त छैन, बरु रचनात्मक सुझाव र दबाब दिन आवश्यक छ ।

देशको विकास र समृद्धिका लागि हामी सबैको एकजुट प्रयास आवश्यक छ । नेताहरूले स्वार्थभन्दा माथि उठेर देशको चिन्ता गर्नुपर्दछ । जनताले पनि आ–आफ्नो ठाउँबाट योगदान दिनु जरुरी छ । ’जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनेझैं, हामीले आफ्नो देशलाई माया गरेर यसको विकासमा योगदान दिनु नै हाम्रो कर्तव्य हो । देशको समृद्धि र विकासका लागि केवल नेताहरूको मात्र होइन, जनताको पनि ठूलो भूमिका हुन्छ । नागरिकले सरकार र नेताहरूमाथि सही दबाब सिर्जना गर्नुपर्छ ताकी तिनीहरू आफ्नो कर्तव्यबाट पन्छिन नसकुन् । यसो गरियो भने हामीले आफ्नो ठाउँबाट विकासमा योगदान पुराएका छौं भन्ने स्थिति आउँछ र हामी सबैमा देश प्रेम हृदयदेखिनै जाग्नेछ ।

आज देशप्रतिको साँचो माया भनेको सबैले आफ्नो कर्तव्य पूरा गरेर, देशको विकासमा हातेमालो गर्नु हो । समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न अब हामी सबैले साझा जिम्मेवारी बोध गर्दै अघि बढ्न आवश्यक छ । देशको स्वाभिमान र भविष्य सुरक्षित राख्न हामी सबैले एकजुट भएर काम गर्नुपर्दछ । राजनीतिक दल र नेताहरूले स्वार्थको पर्दा हटाएर देशको समृद्धिका लागि काम गर्नुपर्दछ । तबमात्र हामीले साँचो अर्थमा देश प्रेमलाई पुनःस्थापित गर्न सक्नेछौं । नेपालको भविष्य उज्ज्वल बनाउने हो भने देशप्रतिको जिम्मेवारीमा सबैले सचेत रहनु पर्दछ । हरेक नागरिकको एकता र सहयोगले मात्र नेपाललाई समृद्धिको मार्गमा लैजान सकिन्छ । यो देशको सपना साकार पार्न हामीले स्वार्थको पर्दा हटाएर एकजुट भएर अघि बढ्नुपर्दछ । आजको परिस्थितिमा देशप्रतिको साँचो माया भनेको सबैले आफ्नो कर्तव्य पूरा गरेर देशको विकासमा हातेमालो गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?