© २०२३
बुटवल, १७ असोज । रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्टस क्लब बिजयी हुदै फाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बिहिबार भएको दोस्रो सेमीफाईनलमा गोर्खा ब्यायज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । फाईनल खेल शनिबार लिस्नु युवा क्लब र आयोजक झरना स्र्पोट्स क्लबका बिचमा हुने छ ।
निक्कै प्रतिस्प्रधात्मक खेलको चौथो मिनेटमा गोर्खा ब्यायजका अनिल रानामगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले बाईसाईकल किंकमार्फत बललाई जाली चुमाउदा दर्शकबाट हुटिङ पाए । यसैगरि खेलको ३८ औ मिनेटमा गोर्खा ब्यायजका रिचार्डले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । गोर्खा ब्यायजका अनिल रानामगरको क्रसमा रिचार्डले झरनाका गोलकिपर अमानत शेखलाई बिट गर्दै गोल गरे । । खेलमा बलियो गोर्खा ब्यायजलाई दोस्रो हाफ दबाबमा खेल्यो । दुबै टिममा दुई दुई जना विदेशी खेलाडी रहेका थिए ।
दोस्रो हाफमा झरना खेलमा फर्कियो । खेलको ४४ औ मिनेटमा झरनाका एरोन थापाले गोल गरे । यसैगरि खेलको ६५ औ मिनेटमा झरनाका जितेश गुरुङले बराबरी गोल गरे । रेफ्रीबाट अतिरक्त ४ मिनेट थपेको बेलामा नै झरनाका एलेक्स भिक्टरले आर्कषक विजयी गोल गरे । लक्षु थापाको क्रममा भिक्टरले हेडमार्फत गोल गरे । खेलमा झरनाका सन्तोष खत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।