© २०२३
बुटवल, १६ असोज । रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब शानदार जितसंगै फाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा जनज्योती क्लब, डिगरनगरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।
खेलको शुरुवातबाट नै लिस्नुले खेल आफनो पक्षमा राख्न सफल भएको थियो । खेलको ३८ औ मिनेटमा लिस्नुका सुसिल राईले गोल गर्दै खेलमा टिमलाई दिलाए । खेलको ७४ औ मिनेटमा बुद्घिराम राईले विजयी गोल गरे । वन भर्सेस वनमा जनज्योतीका किपर टिकेन्द्र थापा बिट भएसंगै उनले गोल गरे । खेलमा लिस्नुका सुसिल राई म्यान अफ दी .म्याचबाट पुरस्कृत भए ।
विहिबारको दोस्रो सेमीफाईनल खेल गोर्खा ब्यायज क्लब र आयोजक झरना स्र्पोटस क्लबका बिचमा हुने अध्यक्ष धनेन्द्र पौडेलले बताए ।