Butwal Today

अख्तियारका आयुक्त र कर्मचारीको दैवी प्रकोप उद्धार कोषमा सहयोग

१६ आश्विन २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्त र कर्मचारीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगका प्रमुख आयुक्त/आयुक्तले सात दिन, सचिवको पाँच दिन, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरुको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहको दुई दिन र अन्य कर्मचारीहरुको एक दिनको तलब बरबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?