ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

भैरहवाका शिशिरलाई स्नुकरको उपाधि

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

बुटवल, १५ असोज । आठौंं रुपन्देही जिल्लास्तरिय मेयरकप स्नुकर प्रतियोगिताको उपाधि भैरहवाका शिशिर गुरुङले आफनो नाम गरेका छन् । रुपन्देही पुल तथा स्नुकर संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा मंगलबार भएको फाइनलमा बुटवलका संजय कार्कीलाई ५–२ को सेटमा पराजित गर्दै गुरुङ च्याम्पियन बने । उपाधिसंगै उनले नगद ६१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता कार्की भने नगद २५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । प्रतियोगितामा ५१ को ब्रेक गरेका सुजन पुन मगर सर्वाधिक ब्रेकर घोषित हुदै नगद १० हजार रुपैया र प्रमोद थैव उदयमान खेलाडी घोषित हुदै नगद ५ हजार र प्रमाणपत्रबाट पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खाँ, वडा नम्बर १३ का अध्यक्ष सोम गुरुङ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, संघका संस्थापक अध्यक्ष भुपेन्द्र क्षेत्री, खेलकुद संघका निवर्तमान कोषाध्यक्ष कोशिष खड्का, रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले पुरस्कार वितरण गरे ।

कार्यक्रममा नगरप्रमुख खाँले स्नुकर खेल एउटा बौद्धिक खेल भएको बताए । शारीरिकसंगै मानसिक रुपमा समेत धेरै मेहनत हुने यो खेलबाट अन्तराष्ट्रिय पहिचान दिलाउने खेलाडीहरु रुपन्देहीमा उत्पादन हुनु गर्वको विषय भएको बताए । स्थानिय पालिका खेलकुद विकासमा सधै सकारात्मक रहेको भन्दै आगामी दिनमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले यो खेल अनुशासित र सभ्य खेलका रुपमा रहेको भन्दै खेलप्रतिको दृष्टिकोण परिवर्तनमा धेरै समय लागेको बताए । विश्वमा नै पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा भने अझै ओझेलमा परेको भन्दै उनले राष्ट्रिय खेलमा यो समावेश हुनुपर्ने बताए ।

प्रतियोगिता आयोजना अवधिमा खेल समाचारमार्फत योगदान दिएका दैनिक लुम्बिनीका संवाददाता मोहम्मद हबिब र खबरपात्रोका दिपक घिमिरेलाई नगद सहित सम्मान गरिएको थियो । प्रतियोगितामा सहयोगी, निर्णायक, वरिष्ठ खेलाडी, फरक क्षमताका खेलाडीलाई समेत सम्मान गरिएको संघका अध्यक्ष सुजन पुनले बताए । यसअघि सात संस्करण बुटवलमा भएकोमा पहिलोपल्ट भैरहवामा आयोजित गरिएको उनले बताए । प्रतियोगितामा १२८ जना खेलाडी सहभागी रहेको प्रतियागिता संयोजक एवं संघका सल्लाहकार विजय थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?