ट्रेंडिंग:

>> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै

निरञ्जन थापाको प्रश्न ः कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन ?

१२ कार्तिक २०७९, शनिबार
१२ कार्तिक २०७९, शनिबार

भैरहवा, १२ कात्तिक ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन भन्दै प्रश्न गरेका छन् । उनले आफ्नो पार्टीको उम्मेदवार भएका कारणले दीपक बोहरालाई भोट हाल्नु हुँदैन भन्नेबाहेक कांग्रेसले भन्नलाई अन्य कारण नरहेको दावी गरे ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै थापाले भने, ‘हिजो दीपक बोहराका लागि भोट मागेको कांग्रेसले आज भोट दिनुहुँदैन भन्ने कारण दिनुपर्यो, बोहराजीलाई भोट किन नदिने भन्ने ठाउँ नै छैन, हिजोका दिनमा उहाँलाई कांग्रेसले नै समर्थन गरेको थियो ।’

विकासप्रेमी नेता दीपक बोहरा जनताको मनमा बस्न सफल नेता भएको उनले दावी गरे । राप्रपा, एमाले र जसपा राष्ट्रवादी शक्ति भएको उनको भनाइ छ । बैंक ब्याजदर बढेको भन्दै सडकमा उत्रिन बाध्य उद्योगी व्यवसायीले पाँचदलीय गठबन्धनले मत दिनुहुँदैन भन्ने कुरा बुझेको थापाले बताए । उनले भने, ‘सरकारको गलत नीतिका कारण रुपन्देहीका पाँचवटा स्टिल उद्योग बन्द भएका छन्, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलायन्सले उडान कटौती गरेको छ, अझ सतारुढ दलका उम्मेदवारले विमानस्थलमा रोजगारी दिन्छौं भन्दै हिड्नुभएको छ ।’

केपी ओलीलाई राप्रपाको पूर्ण समर्थन रहेको उनले बताए । निर्वाचन आयोगले बारम्बार सतारुढ दलका नेताहरुलाई स्पष्टीकरण सोधिरहेकोले सरकारले निष्पक्ष निर्वाचन गराउँछु भन्ने कुरामा शंका उत्पन्न भएको नेता थापाको भनाइ छ ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य महेन्द्र यादवले महंगी बढाउने पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जनताले भोट नदिने दावी गरेका छन् । उनले वर्तमान सरकारले महंगी, बैंक ब्याजदर बढाएको र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाले सतारुढ गठबन्धनका उम्मेदवारलाई जनताले भोट नदिने बताए ।

नेता यादवले तीन दलका उम्मेदवारको जीत सुनिश्चित भएको दावी गरे । उनले भने, ‘देशको परिस्थितिको बारेमा सबै जानकार हुनुहुन्छ, तीनदलीय तालमेलले संघ र प्रदेशमा बहुमतको सरकार बनाउँदैछ ।’

रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभा सदस्यका उम्मेदवार नेता यादवले भैरहवाको विकासमा विकासप्रेमी नेता तथा पूर्वमन्त्री दीपक बोहराको महत्वपूर्ण योगदान रहेको बताए । उनले निर्वाचन जितेपछि यस क्षेत्रको समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘उधारो बाचा गर्दैनौं, जनताको सल्लाह–सुझाव अनुसार नै अगाडि बढ्छौं । शक्तिको दुरुपयोग गरेर मत पाइँदैन ।’

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य डासुराम पाण्डेले मुलुक यतिबेला गम्भिर परिस्थितिकाबीच अगाडि बढेको बताए । उनले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतका साथ जिताउनुपर्नेमा जोड दिए । पाँचदलीय गठबन्धन सरकारले मुलुकमा भ्रष्टाचार र महंगी बढाएको उनको भनाइ छ ।

उनले भने, ‘जसरी हुन्छ निर्वाचन जित्ने सत्तारुढ दलको रणनीति छ, केपी ओली नेतृत्वमा सरकार नबने मुलुकको विकास हुन सक्दैन ।’

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहराले उद्घाटन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?