© २०२३
बुटवल, १५ असोज ।
रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्टस क्लब बिजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा पाहुनाटोली कपिलबस्तु–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै झरना अन्तिम चारमा स्थान बनाएको हो । अब दोस्रो सेमीफाईनलमा आयोजक झरनाले गोर्खा ब्यायज एफसीसंग बिहिबार सामाना गर्नेछ ।
निक्कै प्रतिस्प्रर्धात्मक खेलको ९ औ मिनेटमा आयोजक झरनाका निरज चौधरीले गोल गर्दै खेलमा अग्रता दिलाए । तर यो अग्रता धेरै बेर टिकेन । खेलको १३ औ मिनेटमा कपिलबस्तुका भरत नागलको पासलाई आशिष पुनले आर्कषक हेडमार्फत बराबरी गोल गरे । पहिलो हाफको ईन्जुरी समयमा झरनाका दिपेश आलेले गरेको गोल नै निर्णायक बन्यो ।
दोस्रो हाफमा दुबैतर्फका खेलाडीबाट भएका आधा दर्जन बढी गोल विफल भए । खेलमा झरनाका जितेश गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । बुधबार पहिलो सेमीफाईनलमा जनज्योति युवा क्लब डिगरनगर र लिस्नु युवा क्लबका बिचमा खेल हुने क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताए ।