© २०२३
बुटवल, १२ कात्तिक ।
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले ल्याएको चुनावी घोषणापत्रमा विभिन्न क्षेत्र प्राथमिकतामा परेका छन् । धेरै क्षेत्रलाई प्राथमिकतामा पारेको काँग्रेसले चुनावी घोषणापत्रमा खेल क्षेत्रलाई भने बिर्सिएको छ ।
मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
देउवाले सार्वजनिक गरेको काँग्रेसको घोषणा पत्रमा खेलकुदलाई कम प्राथमिकतामा राखेको छ । खेलकुदबारे घोषणापत्रमा भनिएको छ, ‘कांग्रेसले खेलकुद विकासका लागि पूर्वाधार निर्माण तथा उचित संवद्र्धन गर्नुका साथै संरचनालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सुधार गरी खेलाडीहरूको भविष्य सुनिश्चित गर्दै खेल, प्रशिक्षक, खेल पदाधिकारी, खेलकर्मी र खेल पत्रकारितालाई उच्च प्राथमिकतामा राखिनेछ ।’