© २०२३
बुटवल, ८ असोज ।
रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा गोर्खा ब्यायज एफसी बिजयी भएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा योग स्टार एफसी मडाहालाई ५–३ गोल अन्तरले पराजित गर्दै गोर्खा ब्यायज सेमीफाईनलमा स्थान बनाएको हो ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा योग स्टारले ४२ औ मिनेटमा अग्रता लिएको थियो । योग स्टारका विसन गुरुङको प्रहार गरेको कर्नरलाई छिरिङ लामाले हेडमार्फत गोलमा परिणत गरे । गोर्खा ब्यायज दोस्रो हाफमा फर्कियो । विदेशी खेलाडी रिर्चाडले ४२ मिनेटमा बराबरी गोल गरे । तर खेलमा योग स्टारका पुनः गोल गर्दै खेलमा अग्रता लियो । खेलको ४६ मिनेटमा सन्त गुरुङले जाली चुमाउदै खेलमा टिमलाई फेरि अग्रता दिलाए । योग स्टारका छिरिङ लामाले ५० मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर गरे । खेलको २५ मिनेट अवधिमा ३ गोल गर्दै गोर्खा ब्यायज खेलमा फर्कियो ।
गोर्खा ब्यायजका सुनिल खड्का ६५ औ मिनेटमा खेलमा गोल गरे । खेलको ७२ औ मिनेटमा सुनिल खड्काले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरी गरे । खेलमा फर्काउदै रिचार्डले खेलको ७५ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । उनले खेलको ७८ औ मिनेटमा आफनो हयाटिक पुरा गरे । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार जनज्योती एफसी र फुलबारी गाईज बुटवलका बिचमा खेल हुने संंयोजक विजय पुनले बताए ।