© २०२३
बुटवल, १२ असोज । ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता वर्षाका कारण स्थगित भएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा संचालन भैरहेको प्रतियोगिताको दोस्रो चरणको खेल संचालन हुन सकेन । लगातारको झरिका कारण खेल खेलाउन नसकिएको क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताए ।
कुन्जलापुरस्थित फुटबल मैदानमा पानी भरिएको छ । खेलाडीलाई खेल खेल्न सक्ने अवस्था नभएको कारण दोस्रो चरणको खेलहरु रोकिएको उनले बताए । दोस्रो चरणको रोमान्चक खेल शुरु हुने क्रममा दर्शक बढ्ने क्रम रहेको बेला वर्षा बाधक भएको उनले दुखेसे गरे । शुक्रबार रोकिएको दोस्रो चरणको पहिलो खेल शनिबार दिउसो खेलाउने तयारी भएको बेला वर्षा नरोकिएपछि पुनः खेल स्थगित भएको उनले बताए । ‘दुई वटा खेल रोकिदा अब फाईनल खेल सर्ने भएको छ ।’—उनले भने ।
शुक्रबार हुने भनिएको गोर्खा ब्यायज एफसी र योग स्टार युथ क्लबका बिचको क्वाटरफाईनल खेल आईतबार हुने उनले बताए । वर्षाको देशभर जनजिवन प्रभावित भएको तथा सडक, हवाई यातायात समेत रोकिएको छ ।