ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

विश्व पर्यटन दिवस मनाइँदै, नेपालमा मुख्य पर्यटकीय सिजन सुरु

११ आश्विन २०८१, शुक्रबार
११ आश्विन २०८१, शुक्रबार

काठमाण्डौ  –

आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको  प्रवर्द्धन ’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवम् संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिँदैछ । दिवसकै सन्दर्भमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव हुँदैछ ।

ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाण्डौ पोष्टको सहकार्यमा हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्धितीय संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताउनुभयो ।

पर्यटन दिवसलाई लक्षित गरेर ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’ को दोस्रो संस्करण काठमाण्डौमा हिजोदेखि शुरू भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवम्  प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।

कोरोना महामारीपछि देशको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक  प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता  दिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजारभन्दा धेरै  विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन शुरू भएको छ । विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।

पर्यटनमन्त्री पाण्डेले तीन तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा देशलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटन  प्रवर्द्धन  र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनासहित मन्त्रालयबाट कामहरु भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?