© २०२३
बुटवल, १० असोज । रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा लिस्नु युथ क्लब बिजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा विहिबार भएको खेलमा न्यु सिर्जना युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिस्नु उपाधि दाबेदारीसहित अन्तिम चारमा स्थान बनाएको हो ।
विदेशी खेलाडीसहित मैदानमा उत्रेको लिस्नुलाई न्यु सिर्जनाले पहिलो हाफ निक्कै दबाबमा राखेको थियो । खेलको ९ औ मिनेटमा गोल गर्दै न्यु सिर्जना युथ क्लबका सन्दिप मल्लले टिमलाई खेलमा अग्रता दिलाए । पहिलो हाफमा अग्रता लिएको न्यु सिर्जनाको अग्रता कायम रहन सकेन । लिस्नुका लागि विदेशी दुई खेलाडीहरु नायक साबित भए । लिस्नुका ओहिनेबा अदुसेईले खेलको ५६ औ मिनेट तथा कार्लोस सामीले ६५ औ मिनेटमा गरेको प्रहार विपक्षी टिमको जाली चुमाउदै खेलमा फर्काए । यसैगरि खेलको ७२ औ मिनेटमा लिस्नुका समराज ठोकरले गोल गरे ।
खेलमा टिमलाई विजयी बनाउन योगदान दिएका लिस्नुका ओहिनेबा अदुसेई म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शुक्रबार क्वाटरफाईनल खेलमा गोर्खा ब्यायज एफसी र योग स्टार युथ क्लबका बिचमा खेल हुने संयोजक बिजय पुनले बताए ।