ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पुस्तालाई परम्परासँग जोड्न सामुदायिक विद्यालयमा संग्राहलय

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

सल्यान,१० असोज ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. ५ मा रहेको कालिका आधारभूत विद्यालयले लोपोन्मुख सामग्रीहरू संकलन गरेर संग्राहलय (स्कुल म्युजियम) बनाएको छ । विद्यालयले आफ्नो क्षेत्रको लोपोन्मुख सांस्कृतिक र ऐतिहासिक सम्पदालाई संरक्षण गर्न महत्वपूर्ण कदम उठाएको हो । विद्यालयले सामुदायिक प्रयासको माध्यमबाट स्थानीय समुदायका विभिन्न लोपोन्मुख सामग्रीहरू संकलन गरी संग्रहालय (स्कूल म्युजियम) स्थापना गरेको हो ।

विद्यार्थीलाई तथा समुदायका अन्य मानिसलाइ समेत आफ्नो समुदायको इतिहास, संस्कृति र परम्पराको ज्ञान दिनका लागि संग्राहलय बनाइएको विद्यालयका प्रधानाध्यापक बालाराम वली बताउँछन् । ‘गाउँमा बिस्तारै हराउँदै गइरहेका परम्परागत सामग्रीहरूलाई संरक्षण गरी आगामी पुस्तालाई तिनको महत्वबारे जानकारी दिनका लागि हामीले यस्तो प्रयास गरेका हौँ’, उनले भने ।

म्युजियममा गाउँघरमा अघिल्लो पुस्ताले प्रयोग गरेका ठेटुवा बुन्ने तान, हाटबजार गर्ने भारे डोका, तुलो, भाङ्ग्रो, कोल, लिच्छीविकालिन लिपी, ढिकी, जाँतो, ठेगी, काठको जुत्ता (खराउ), घोडाको कैजा, छड्के झुलो, सुर्के थैली, बास्सा (पर्सको रूपमा प्रयोग हुने), दाह्री तथा कपाल काट्ने छुरा, लालटिन, स्याउँ, राउटेको कोसी, बिस्कुन सुकाउन प्रयोग गरिने भार, चोयाको भकारी राखिएको छ । यस्तै माटो र गोबरबाट तयार गरिएको डरो (भकारी), भान्सामा प्रयोग गरिने पुराना सामग्री, महिला तथा पुरुषका पुराना भेषभुषा, चौरासी प्रकारका जडिबुटी, गेडागुडिबाट बनाइएको कोलाज, रैथाने जातका एकदलीय र दुईदलीय विरुवाको विउ संकलन, इशानी चराहरूको गुँड पनि म्युजियममा राखिएको प्रअ वलीले जानकारी दिए ।
म्युजियममा राखिएका सबै सामग्रीहरू शिक्षक, विद्यार्थी तथा अभिभावक एवम् समुदायबाट सहयोग प्राप्त भएको हो । यो संग्रहालयको निर्माणमा स्थानीय समुदायको उत्साहजनक सहभागिता देखिएको छ । गाउँलेहरू आफ्ना पुराना र लोपोन्मुख सामग्रीहरू विद्यालयलाई प्रदान गरेर यस अभियानमा जोडिएका छन् । विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको सक्रियताले गर्दा यो प्रयास सम्भव भएको प्रअ वली बताउँछन् । म्युजियमले समुदायको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई भावी पुस्ताको लागि सुरक्षित राख्न सहयोग पु¥याएको स्थानीयहरूको भनाइ छ । संग्राहलयका लागि कालिका आधारभुत विद्यालयले एउटा हलको व्यवस्था गरेको छ । सिसाको फ्रेममा सामग्रीहरू राखिएको छ भने प्रत्येक सामग्रीको नामांकन पनि गरिएको छ ।

समुदाय तथा विद्यालयबीचको सम्बन्ध बलियो
संग्रहालयको स्थापनाले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विद्यार्थीले कक्षाकोठाको पाठ्यपुस्तक बाहिरको ज्ञान प्रत्यक्ष रूपमा सिक्ने अवसर पाएका छन् भने उनीहरूलाई आफ्ना पुराना परम्पराहरूको महत्व बुझ्न मद्दत पुगेको छ । यसले गर्दा विद्यार्थीमा गर्व र पहिचानको भावना बढाउने विश्वास गरिएको छ । पाठ्यक्रम अनुसार सामाजिक विषयमा विगतको बारे जान्न र बुझ्न विद्यार्थीलाई सजिलो भएको विद्यालयका प्रअ वली बताउँछन् । उनले भने, ‘विषयवस्तुको सान्दर्भिकता मिलाएर संग्राहलयमा विद्यार्थी भाइवहिनिहरू सहभागि हुन्छन् । संग्राहलयमा राखिएको लिपिको कारण कक्षा ४ र ५ का विद्यार्थीले लिच्छीविकालिन लिपीमा आफ्नो नाम लेख्न सक्ने भएका छन् ।’
वि.सं. २०७५ सालदेखि म्युजियम निर्माणको काम कालिका आधारभुत विद्यालयले सुरुवात गरेको थियो । प्रअ वलीले नै सुरुमा आफ्नो घरबाट तुलो ल्याएर सुरुवात गरेका थिए । शिक्षक कर्मचारीका विच छलफल गरेपछि त्यसलाई विद्यालय व्यवस्थापन समितिको बैठकले निर्णय गरेपछि म्युजियम निर्माण कार्य गरिएको थियो । कालिका आधारभूत विद्यालयको यो प्रयासले स्थानीय सांस्कृतिक सम्पदालाई संरक्षण गर्न मद्दत पु¥याएको र समुदाय तथा विद्यालयबीचको सम्बन्धलाई पनि बलियो बनाएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जनाए ।
‘यो संग्रहालयले भावी पुस्तालाई आफ्नो इतिहास र परम्परासँग जोडिराख्न महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भने, ‘शिक्षालाई जीवन्त र समृद्ध बनाउनका लागि अरू विद्यालयहरूले पनि यस्ता प्रयासहरू अगाडि बढाउन आवश्यक छ ।’
कालिका आधारभूत विद्यालयले भविष्यमा संग्रहालयलाई अझ विस्तार गर्ने योजना बनाएको छ । यसका लागि स्थानीय तथा बाह्य स्रोतको व्यवस्थापन गर्दै अन्य लोपोन्मुख सामग्रीहरू संकलन गर्ने र संग्रहालयलाई शैक्षिक पर्यटनको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । विद्यालयको निर्णय अनुसार म्युजियम अवलोकनका लागि व्यक्तिगत रूपमा ५० रूपैयाँ र संस्थागत रूपमा १०५० रूपैयाँ शुल्क लिने गरिएको छ ।

हरित विद्यालय अभियान
कालिका आधारभूत विद्यालयले म्युजियमको अलावा हरित विद्यालयको अभियान पनि चलाइरहेको छ । विशेष गरी प्रअ वलीको सक्रियता र अन्य शिक्षक, विद्यार्थी, अभिभावक एवम् समुदायको सहयोगमा विद्यालयले नमुना कार्य गर्दै आएको छ । विद्यालयको आफ्नै करेसाबारी रहेको छ । जहाँ उत्पादित तरकारी, फलफुल दिवा खाजाको रूपमा विद्यालयको क्यान्टीनमा तयार हुने गरेको छ । विद्यालयको कम्पाउण्ड छेउँछाउमा अभिभावको लगानीमा वृक्षारोपण गरिएको छ । करेसाबारीमा प्रांगारिक मल अभिभावकले सहयोग गरेका छन् भने अलि ढाँर भएको जमिन भएकाले स्थानीय गोगनपानी सामुदायीक वन समूहले माटो उपलब्ध गराएको विद्यालयले जनाएको छ । विद्यालयमा कृषि कर्म, करेसाबारी व्यवस्थापन तथा हरित विद्यालयका लागि प्रअ वलीले नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । विहान, साझ उनी करेसाबारीमै काम गरिरहेका हुन्छन् । हप्ताको दुई दिन विशेष गरेर उनले कृषिमा समय दिन्छन् । एक जोड कपडा र चप्पल उनको झोला वा विद्यालयमै हुन्छ । उनी भन्छन्, ‘सहकर्मी शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीको सहयोगबाट नै अभियान चलाइएको हो ।’
२०५० असोज १ गतेदेखि स्थायी रूपमा शिक्षक सेवामा प्रवेश गरेका वलीले पढाउन थालेको भने २८ वर्ष भइसकेको छ । विद्यालयलाई वार्षिक रूपमा नियमित आम्दानीको श्रोत बढाउनका लागि नजिकैको कुनै जमिन भाडामा लिएर कृषि कर्म गर्ने उनको सोँच रहेको छ । हाल विद्यालयको नाममा दर्ता श्रेस्ता रहेको जमिन १ रोपनी १ आना ३ पैसा ३ दाम रहेको छ भने ५ रोपनी जती ऐलानी जमिन छ ।
विद्यालयको विकासका लागि देशविदेशमा रहेका सहयोगी तथा भुपु विद्यार्थी, वयापारी लगाएतले नगद तथा जिन्सी सहयोग उपलब्ध गराउनेगरेको कालिका आधारभुत विद्यालयले जनाएको छ । विद्यालयमा २ लाख ७९ हजार ५५१ रूपैयाँको छात्रवृत्ति अक्षयकोष समेत स्थापना गरिएको छ । कोष सञ्चालनका लागि कार्यविधि निर्माण गरिएको प्रअ वलीले जनाए ।
यसैगरी शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावकको सक्रियता, पुस्तकालय व्यवस्थापन लगायतका कार्य गरिएको छ । २ हजार एक सय बढी पुस्तकहरू पुस्तकालयमा रहेको जनाउदै उनले कक्षा ३ देखि ५ सम्मका विद्यार्थीले महिनामा न्युनतम ५ वटा पुस्तक पढ्नेगरेका छन् भने कक्षा १ र २ का विद्यार्थीले पनि आफ्नो स्तर अनुसारका पुस्तक पढ्ने गरेका छन् । विद्यार्थीको श्रृजनाहरू भित्ते पत्रिकामा प्रकाशन गर्नेगरिएको छ । जनशक्ति अभावले कक्षा १ देखि ३ सम्म ग्रेड टिचिंगको समस्या, जीर्ण भवन, भएका भवनमा जस्ता पाता लगाइएकाले वर्षा तथा हावाहुरी चल्ने समयमा समस्या विद्यालयका चुनौतीका रूपमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?