ट्रेंडिंग:

>> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

मधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम

९ आश्विन २०८१, बुधबार
९ आश्विन २०८१, बुधबार

जनकपुरधाम ।

मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा आयोजना गरेको  मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिकिकरण कार्यक्रममार्फत मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको सय दिनको कार्यहरु सार्वजनिक गरेका हुन् ।

उनले सय दिनको अवधिमा प्रदेश सरकारले उल्लेख्य कार्य गरेको बताए ।

मुख्यमन्त्री सिंहले सय दिनमा लोकसेवा आयोग मधेशलाई पूर्णता दिएको, प्रदेश सभाको नियमित बैठक सञ्चालन, एमबिबी एस कार्यक्रम सञ्चालन, आठ वटै प्रदेशमा शैक्षिक पार्क निर्माण, महिला कृषि स्वयम् सेविका परिचालन, निर्वाचन क्षेत्र लक्षित कृषि विद्युतीकरण, विदेशबाट फर्केका महिलालाई मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रमलगायतको कार्य योजना सय दिनमा तयार पारेको जानकारी दिएका छन् ।

साथै उनले रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि अवधारणा तयार पारेको जानकारी दिए ।

उनले भने- ‘छोटो अवधिमा बनाएका योजना र गरेका काम सार्बजनिक भएका छन, आगामी कार्य योजनाका लागि सुझाव सङ्कलन गरी अझै प्रभवकारी योजना प्रदेश सरकारले बनाउने छ ।’

सय दिने कार्यविवरण प्रस्तुत गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन कायम गराउनको लागि आफूहरुले महत्वपूर्ण काम गरेको उल्लेख गरे। कर्मचारी सरुवाको समस्यालाई व्यवस्थित गरेको पनि बताए।

कार्यक्रममा प्रदेशका मन्त्री तथा प्रदेश सचिवहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?