ट्रेंडिंग:

>> झरना स्पोर्ट्स क्लब बिजयी हुदै अन्तिम आठमा >> दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज >> इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु >> कांग्रेसको थारू विभागमा १० सदस्य मनोनित >> नेतृत्व इमान्दार भए भ्रष्टाचार नियन्त्रण हुन्छः मुख्यमन्त्री आचार्य >> जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय >> कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास सचिवबीच कार्यसम्पादन सम्झौता >> वीरेन्द्रनगरमा ‘हेलो गर्भवती आमा’ >> नेप्सेमा ५८ अङ्कको गिरावट, ५ अर्बको कारोबार >> चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन >> सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार >> श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम >> कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ >> त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने >> राष्ट्रपतिमा यस पटक हारे भने फेरी उम्मेदवार बन्दिन- ट्रम्प >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> किन फ्लप भयो नेपालको ब्याटिंग ? >> परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता >> इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु >> एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण >> अल्टिमाको दशैं अफरःउपहार र छुट >> बाणगंगाबाट बालिका सम्पर्कविहीन >> कृषिमा उत्पादकत्व वृद्धिको बाटो >> रोजगार सिर्जनाको सवाल >> चालिस बर्षपछि तम्घासमा भैरव नाँच >> परदेशबाट फर्किदै दशैं >> राजस्थान जाँदै गरेको बस नवलपुरको विनयी त्रिवेणीमा दुर्घटना : २३ जना घाइते >> विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै >> मनसुन फेरि सक्रिय, यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> होटल व्यवसायीलाई खाद्य सुरक्षा र गुणस्तर सम्बन्धी तालिम >> लुम्बिनी प्रादेशिक अस्पतालको ७ करोडको नदीजन्य पदार्थ झ्वाम् पार्ने दाउ >> गुल्मीमा सुख्खा पहिरो जाँदा एक महिला बेपत्ता >> चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना >> सञ्चार माध्यमको संरक्षण र विकासका लागि सरकारले उपयुक्त निकास निकाल्छः मुख्यमन्त्री आचार्य >> जेजेएफसी विजयी हुदै अन्तिम आठमा >> साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित >> दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ? >> छबिलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति >> कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित >> सुत्केरीको मृत्युपछि प्रदेश अस्पतालमा प्रर्दशन >> कार्यदलले बुझायो प्रदेश सरकारलाई प्रतिवेदनः समानुपातिक विज्ञापन नीति अवलम्वन गर्न सुझाव (पूर्ण पाठसहित) >> नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार >> दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु- नेप्से >> हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने >> अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ >> दुर्गा प्रसाई अस्पताल भर्ना >> भारतबाट ‘लापत्ता लेडिज’ ओस्कारमा >> जिल्लास्तरीय चित्रकलामा पामिरका राजन थापा प्रथम >> प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान

नेतृत्व इमान्दार भए भ्रष्टाचार नियन्त्रण हुन्छः मुख्यमन्त्री आचार्य

८ आश्विन २०८१, मंगलवार
८ आश्विन २०८१, मंगलवार

बुटवल, ८ असोज

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीले मंगलबार बुटवल उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको सुशासन प्रबद्र्धन तथा भ्रष्ट्राचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथिको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा ईमानदारीता आवश्यक पर्ने बताएका हुन् ।

‘राजनीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ । नियत बेठिक छैन भने व्यूरोक्रायटले पनि साथ दिन्छ । मैले साथ पाइरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ’ उनले भने,‘राजनीतिक नेतृत्वमा समस्याहरु छन । सबै कुरा सच्च्याएर सुधारेर लैजान सकिन्छ । त्यो आँट छ । त्यो आँटका साथ प्रदेश सरकार अघि बढिरहेको छ ।’ आफु नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न केही गरेर देखाउन खोजेको बताउनु भयो ।‘हामी केही गरेर देखाउन सक्छौं । बनाउने जिम्मेवारी तपाई हामीको हो । जिम्मेवारी बोकेर आएपछि पुरा गर्नुपर्छ’ उनले भने, ‘यो मुलुक बनाउन बाहिरबाट कोही आउदैन, जो हामी जिम्मेवारीमा छौं, उसैले नेतृत्व गरेर राम्रो काम गर्न तर्फ भूमिका बढाउनुपर्छ ।’ नागरिक तहमा बढ्दै गएको निराशालाई आशामा बदल्नेगरी प्रदेश सरकारले सुधारका कामहरु अघि बढाएको बताए । ‘सुशासन कायम गर्न आफैबाट सुरुवात गरेको छु । मुख्यमन्त्रीबाट हटेपछि पाउने सुविधा लिने छैन र अरुलाई पनि नदिने गरी निर्णय गरेको छु । पूर्व मुख्यमन्त्री र पूर्व सभामुखले गाडी तथा सेवा सुविधा फिर्ता गरिसकेको अवस्था छ । मुख्यमन्त्री पदबाट हटेपछि पूर्व बिशिष्ट व्यक्तिको नाममा कुनै सुविधा लिने छैन भनेर निर्णय गरेको छु’ उनले भने,‘आफुले नियत नराख्ने हो भने सुधारेर जान सकिन्छ ।’

कार्यक्रममा गुल्मी, पाल्पा, अर्घखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायत सरोकारवाला पक्षको सहभागिता थियो । लुम्बिनी प्रदेश सरकारले सुशासन प्रबद्र्धन तथा भ्रष्ट्रचार नियन्त्रण सम्वन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?