ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

आईसीसी विश्वकप लिग–२ : नेपाल लगातार तेस्रो खेलमा पराजित

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

काठमाडौँ ।

ब्याटिङ लाइनमा लगातार समस्या देखिँदा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ।

क्याडनसँग भने नेपालले लगातार दोस्रो हार भोगेको छ। आइतबार राति भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित हुँदा हारको शृङ्खलालाई जारी राखेको हो।

सिरिजको पहिलो खेलमा नेपाली टोलीले क्यानडासँग १ सय ३ रनको फराकिलो हार व्यहोरेको थियो।

सिरिजको दोस्रो खेलमा भने ओमानसँग नेपाल १ विकेटले पराजित भएको थियो।

नेपालले दिएको १ सय ८२ रनको मध्यम लक्ष्य घरेलु टोलीले ४२ ओभरमा ५ विकेटको क्षतिमा भेटटयो।

क्यानडाका लागि नवनित डालीवालले सर्वाधिक ८७ रनको महत्वपुर्ण योगदान लिए। उनले १ सय १३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। पारगत सिंहले ६४ रन थपे। उनले ८३ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

हर्ष ठाकेरले १३ र कप्तान निकोलस पुरन ११ रनमा अविजित रहे।

नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए। करण केसी, ललित राजवंशी र गुल्सन झाले समान एक् विकेट लिए।

त्यसअघि क्यानडाको किंग सिटीमा टस जितेर ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १ सय ८१ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले बनाएको ४९ रन नै सर्वाधिक रह्यो। ४८ बलमा ५ चौका र १ छक्का हानेका लामिछाने अर्धशतक नजिक पुगेर चुके।

क्यानडाविरुद्ध खराब प्रर्दशन गरेको नेपाल एक समय २७.१ ओभरमा ७–८७ को स्थितीमा थियो।
आठौँ विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ५५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। सोमपाल २१ रन बनाउँदा साद विन जफरको बलमा बोल्ड आउट भए।

नेपालको शीर्षक्रमको ब्याटिङलाइन ध्वस्त हुँदा मध्यक्रमका ब्याटर दबाबका बीच लामो समय क्रिजमा सकेनन्।  करण केसी २४ रनमा क्याच आउट भए।

ओपनर अर्जुन साउद र पाचौँ नम्बरमा ब्याटिङमा आएका आरिफ शेखले समान १० रन बनाएर पेभेलियन फर्के।

एक समय नेपाली टोली १२ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदा ३६ रनको दयनिय अवस्थामा पुगेको थियो।

आशिफ शेख २, भिम सार्की ४, कप्तान रोहित पौडेल ४ र अनिल शाह १ रनमा आउट भए।
गुल्सन झा ३४ रन बनाउँदा क्याच आउट हुन पुगे।

क्यानडाका लागि कलिम साना एक्लैले तीन विकेट लिए। हर्ष ठाकेर र डिलोन हेलिगंरले समान २ विकेट लिए। प्रविन कुमार र सादविन जफरले एक–एक विकेट आफ्नो नाममा गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?