ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करण तयारी पुरा

यसपटक रनिङशिल्ड नया स्वरुपमा डिजाईन गरेर सार्वजनिक समेत गरिएको छ ।
३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार

बुटवल, ३१ भदौ । रुपन्देहीमा प्रतिष्ठित झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करण असोज २ गतेबाट हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको आयोजक झरना स्पोर्टस क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताए ।
यसपटक स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा प्रतियोगिता हुने उनले बताए । फुटबललाई माया गर्ने धेरै खेलप्रेमीहरुकै कारण यो उर्वरभुमिका रुपमा परिचित रहेको उनले बताए ।

तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा यसपटक दर्शकको सुविधालाई विशेष ध्यानमा राखेर स्थाई प्याराफिट निमार्ण गरिएको उनले बताए । ‘निक्कै छोटो तयारीका बिच यसपटक १८ लाख रुपैया लागतमा उत्तरतर्फ आकर्षक स्थाई प्याराफिट तयार भएको छ ।’—उनले भने । बर्सेनि शिक्षा, स्वस्थ्यको क्षेत्रमा समेत योगदान दिदै आएको उनले बताए । यसवर्ष जिल्लाभित्रका उत्कृष्ट १३ टिमसहित ३ बाहिरी टिमले प्रतिस्प्रर्धा गर्ने उनले बताए ।

यसैबिच क्लबको अध्यक्ष धनेन्द्र पौडेल, क्लबका पूर्व अध्यक्ष लोक पुन, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, खेल संयोजक बिजय पुन, सचिव मोहनसिह राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले पत्रकार सम्मेलनमा नया डिजाईन गरिएको रनिङशिल्डलाई सामुहिक रुपमा सार्वजनिक गरेका छन ।

कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले रुपन्देहीकै गौरवको रुपमा यो प्रतियोगिता भएको बताए । खेल प्रतियोगितासंगै खेलाडी उत्पादनमा समेत यस क्षेत्रका फुटबल क्लबहरु लाग्न समेत उनले सुझाव दिए ।

कार्यक्रममा खेल संयोजक बिजय पुनले प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ३१ हजार रुपैया, आर्कषण रनिङशिल्ड, प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरिने बताए । यसैगरि उपविजेता टिमले १ लाख ८१ हजार रुपैया, कप तथा सेमिफाईनलमा पुग्ने दुई टिमलाई जनही नगद २५ हजार रुपैयाका साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ३ हजार ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई १० हजार र सर्वोत्कृष्ट खेलाडीलाइ १५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न २२ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

प्रतियोगितामा आयोजक झरना स्पोर्ट्स क्लब, सम्पुर्ण युवा क्लब, लिस्नु युवा क्लब, नवयुवा खेलकुद तथा सास्कृतिक परिवार, न्यु सिर्जना युवा क्लब, गोर्खा ब्यायज क्लब, जनज्योति एफसि, देवदह ब्यायज, फुलबारि गाईज, योग स्टार एफसी, कपिलबस्तु —११, भैरव एफसी, बालिङ युनाईटेड, फर्साटिकर युवा क्लब, सुनौलो संगम युवा क्लब, भुपु सैनिक युवा क्लब गरि १६ टिमले प्रतिस्पर्धा गर्ने उनले बताए । प्रतियोगितामा गतवर्ष भुपुसैनिक युवा क्लब विजेता रहेको थियो ।

क्लबका पूर्व अध्यक्ष लोक पुनले ब्लड क्यान्सरको उपचार गरिरहेका युवा खेलाडी अंकितलाई सहयोग गर्ने समेत बताए । सवारी पार्किङबाट उठेको शुल्क ‘अंकत बचाउ अभियान’ मा लगाईने हुदा यसमा सबै अतिथिहरुबाट सहयोग गर्न समेत उनले आग्रह बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?