© २०२३
बुटवल, २८ भदौ । लाफा समुहको आयोजनामा रुपन्देहीमा शुरु भएको तेस्रो संस्करणको खुला फुटसल प्रतियोगिता २०८१ मा अन्तिम चारको टुगो लागेको छ । आईक्यान एजुकेशन सर्भिसेसको सहयोगमा पार्टी ईभेन्ट बुटवलको सहकार्यमा तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा भएको क्वाटरफाईनल खेलमा विजयी हुदै खस्यौली एफसी, युनिक बि, न्यु स्टार र होटल शानदार अन्तिम चारमा स्थान बनाएका छन ।
पहिलो क्वाटरफाईनल खेलमा खस्यौलीले इमा एफसीलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपनि खेल पेनाल्टीशुटआउटमा धकेलिएको थियो । यसैगरि दोस्रो खेलमा युनिक बि ले बटौली एफसीलाई ३—१ गोल, तेस्रो खेलमा न्यु स्टारले आईइसएमटीलाई ५—२ तथा अन्तिम क्वाटरफाईनलमा होटल शानदारले युनिक फुटसल ए लाई ३—२ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार पहिलो सेमीफाईनलमा खस्यौलीले युनिक बि संग र दोस्रो सेमीफाईनलमा न्यु स्टारले होटल शानदारसंग खेल्नेछ । युवा खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ विगत देखी खेलकुद गतिविधिमा लाफा लागेको खेल संयोजक वारिश रानाले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र, उपविजेताले नगद २५ हजार, कप, मेडल, प्रमाणपत्र तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा रुपन्देहीका २० टिमले भाग लिएका छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी