ट्रेंडिंग:

>> नवलपरासीमा यात्रु सहायता कक्षको स्थापना >> संचारमाध्यम सबल हुन स्थानीय संचार नीति आवश्यक >> स्वार्थ त्यागौं, देश विकासमा हातेमालो गरौं >> कोरोनाको नयाँ भेरियन्ट र सावधानी >> चाडपर्वमा हजार प्रहरी परिचालन >> व्यवसायीबाट ‘सम्झौता बिना भाडा अशुली’ >> दशैंले सीमा पारी चहलपहल >> नेपाल सम्मिलित त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि क्यानडाले जित्यो >> देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा >> आज नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै >> घरवारविहीनकाे राहतका लागि जुट्न गुल्मेली सम्पर्क समाजकाे आग्रह  >> भैरहवामा बुलेट मोटरसाइकल विक्रेता डिएन मोटर्स सञ्चालनमा >> आयोजक झरना फाईनलमा >> दीर्घकालीन सहकारीको आफ्नै भवन >> तेजस्वी सहकारीको साधारणा सभा >> नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता >> उत्तर बेलवास टोलबिकास संस्थाद्वारा शुभकामना आदान प्रदान कार्यक्रम >> माटो खन्दा ढुङ्गाले च्यापेर महिलाको मृत्यु >> दशैंको मुखमा बजार अनुगमन, सडेका र म्याद नाघेका अखाद्य बस्तु फेला >> अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब >> झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत >> एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य ! >> लुगाघरमा दशै कम्बो प्याक >> सुदूरपश्चिममा फाइजर खोप अभियान सुरु >> प्रधानमन्त्री र बंगलादेशका मन्त्रीबीच ऊर्जा सहकार्यको बारेमा छलफल >>  लिस्नु फाईनलमा >>  बाढी र पहिरोबाट १७,१२० जनाको सुरक्षित उद्धार >> आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी रहने >> हवाई उडानमा एकतर्फी चाप, भद्रपुरबाट रित्तै फर्कियो जहाज >> लेबनान छिरेको इजरायली सेनाका ८ जवान मारिए >> बुटवलमा द ब्यूटी वल्र्डको शाखा सञ्चालनमा >> झ्याप्लेखोला पहिरो : ३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो >> लायन्स बुटवल स्टार्सद्वारा पिस पोष्टर्स प्रतियोगिता >> राप्ती सोनारी गाउँ बाख्रा पालनमा >> तीन महिनादेखि महासंघको कार्यालयमा ताला >> दसैंको जोखिमपूर्ण यात्रा, सावधानी जरूरी >> ‘अनिश्चितताबाट सम्भावनातर्फको यात्रा’ >> शिक्षा सुधारका मुद्दा र समाधानका उपायहरू >> ‘ज्योतिनगर पहिरोको दीर्घकालीन समाधान चाहियो’ >> नेपालको बिजुली बङ्गलादेश पठाउन आज त्रिपक्षीय सम्झौता हुने >> पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली, तर घनघोर वर्षा नहुने >> रीलमा दशैँहा थारू गीत >> नगदेबाली मार्फत जलवायु परिवर्तनको सामना >> रोल्पाले बेच्यो २२ करोडको खसीबोका >> प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना >> बडादसैँ सुरु, आज घटस्थापना >> टी–२० सिरिज: ओमानमाथि नेपालको लगातार दोस्रो जित >> आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै >> इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी >> रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने

जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने

राष्ट्रिय प्रतियोगिताको छनौट खेल गर्न लागेका छौ ।– उपाध्यक्ष राजेन्द्र गुरुङ
२६ भाद्र २०८१, बुधबार
२६ भाद्र २०८१, बुधबार

बुटवल, २६ भदौ । रुपन्देही जिल्ला विद्यालय स्तरीय किड्स एण्ड टिन्स तथा खुल्ला भुपु सैनिक ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको छ । माउण्ट एभरेष्ट कथ्था मिलको मुख्य प्रायोजनमा लुम्बिनी स्पोर्ट्स क्लबको आयोजनामा भदौ २९ गतेबाट तिलोत्तमा नगरपालिकाको सुपौलीमा प्रतियोगिता हुने प्रतियोगिताको सबै तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि क्लबका उपाध्यक्ष राजेन्द्र गुरुङले बताए । ‘खेल खेलौ, स्वास्थ्य रहौ, राष्ट्रलाई चिनाआ’ै भन्ने मुल नारासहित खेल विकास र खेलाडी उत्पादनमा लागेको क्लबका उपाध्यक्ष गुरुङले बताए । वार्षिक रुपमा प्रतियोगिता र सामाजिक गतिविधिमा क्लब अग्रसर रहेको उनले बताए । भुपुहरुले आफुमा रहेको कलालाई संस्थागत रुपमा गोलबन्द गरि सामाजिक र खेल गतिविधिमा लगाउन सफल भएको उनले बताए ।

कार्यक्रममा सहसचिव तथा संयोजक सुन्दर गुरुङले रुपन्देहीमा धेरै ब्याडमिन्टन कभर्ड हल भएपनि एकेडेमीका रुपमा तिलोत्तमा नगरमा आफुहरुले संचालन गरेको दाबी गरे । भारतका यु–१९ च्याम्पियन सुसान्तसिह राजपुतलाई एकवर्षको लागि सम्झौता गरि प्रशिक्षकका रुपमा भित्राएर प्रशिक्षण दिदै आएको उनले बताए। चार महिनाबाट ब्याडमिन्टनको नियमित अभ्यास समेत गराउदै आएको छ । ‘नया खेलाडी उत्पादनमा क्लब लागेको छ ।’—उनले भने । जहाँ ६ देखि १७ वर्षका २४ जना बालबालिकाहरु प्रशिक्षण गर्दै आएका छन । जिल्ला प्रतियोगितापछि प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने तयारी रहेको उनले बताए । तिलोत्तमा नगरलाई ब्याडमिन्टनमय नगर बनाउने गरि ब्याडमिन्टन महोत्सव समेत गर्ने तयारी रहेको छ । नगरमा रहेका आधा दर्जन कभर्ड हललाई समेटेर बृहत् कार्यक्रम चलाउने योजना रहेको उनले बताए। यसका लागि तीन तहकै सरकार, संघसंस्थाहरुबाट सहकार्य हुने उनले बताए । ‘राष्ट्रिय प्रतियोगिताको छनौट खेल गर्न लागेका छौ ।’ –उनले भने ।

प्रतियोगितामा ब्वाइज र गल्स गरि ११, १३ र १७ वर्ष उमेर समुहका विद्यालयस्तर र रिटार्ड आर्मीहरुको बिचमा खुला डबल्स प्रतियोगिता हुने उनले बताए । विद्यालयस्तरमा विजेता, उपविजेता तथा सान्त्वना खेलाडीहरुलाई नगद, गिफ्ट हेम्पर, कप र प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा भुपुसैनिक तर्फ भने प्रथम टिमलाई १५ हजार, दोस्रो टिमलाई १० हजार र सान्त्वना टिमलाई नगद ७ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

खेलाडी उत्पादन र स्वस्थ्य रहन गरि दुई लक्ष्यसहित प्रतियोगिता गर्न लागेको उनले बताए। पुर्व कोषाध्यक्ष स्वर्गीय महेश रानाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ। क्लबको कभर्डहलमा हुने प्रतियोगितामा सचिव विष्णु दगामीले बताए । प्रतियोगितामा १० विद्यालयबाट सहभागीता हुने पक्का भएको तथा भुपुमा ४० टिमले भाग लिने उनले बताए । प्रतियोगितामा ३ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?