ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

जागिरको प्रलोभनमा ‘ठगी धन्दा’

स्थानीयस्तरमा दर्ता नै नगरी गैरसरकारी संस्थाले यसरी गाउँघरका सोझासाझा नागरिकलाई झुक्काएर पैसा असुली गरेको अवैधानिक क्रियाकलाप गरेको पाइएको छ ।
२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार

चन्द्रौटा (कपिलवस्तु), २३ भदौ ।
कपिलवस्तुको शिवराज नगरपालिका स्थित शिवराज हरियाली प्राकृतिक परियोजनाले जागिरको प्रलोभनामा ठगी गरेको पाइएको छ । स्थानीयस्तरमा दर्ता नभएको हरियाली अभियान अन्तर्गत रहेको परियोजना गैर कानुनीरूपमा धरौटीको नाममा जनही आठ हजारका दरले जागिरको प्रलोभन देखाइ रकम संकलन गरेको पाइएको हो । उक्त परियोजनाले गत २०८० चैत १९ गते एक सूचना जारी गर्दै ४० जनाको माग रहेको उल्लेख गरेको थियो । राम लाल यादव कार्यक्रम संयोजक उनका एक छोरा राजेन्द्र यादव र २ बुहारी परियोजनामा आबद्द भइ स्थानीयलाई झुक्याएको आरोप छ ।

फारम भरेका व्यवसायिक परिचालक मागको आधारमा गत चैत २८ गतेदेखि ३ दिनसम्म तालिम सञ्चालन गरिएको माइनुट समेत गरेको पाइएको छ । किसानहरूको घरधुरी र कृषक तथ्याङ्क संकलन गर्न लगाई नियुक्ति नै नगरी काममा लगाएको कर्मचारीको आरोप छ । स्थानीयस्तरमा दर्ता नै नगरी गैरसरकारी संस्थाले यसरी गाउँघरका सोझासाझा तथा ग्रामिण भेगका नागरिकलाई झुकाएर पैसा असुली गरेको अवैधानिक क्रियाकलाप माथि प्रश्न खडा भएको देखिन्छ ।
हरिया अभियान वा शिवराज हरियाली प्राकृतिक कृषि परियोजनाको नाममा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार शिवराज नगरपालिकामा सो नामक संस्था सूचीकृत वा दर्ता समेत भएको छैन । स्रोतका अनुसार परियोजनाको सम्पर्क कार्यालय समेत नरहेकोे दाबी छ । फार्म भरे पश्चात केही आवश्यक परे रामलाल र राजेन्द्रले रुद्रपुरमा रहेको आफ्नो नीजि एग्रोभेट पसलमा सम्पर्क गर्न भने पनि गैर जिम्मेवार जवाफ दिने गरेका छन् ।

परिचालकलाई दिएको प्रमाणपत्र र परिचयपत्रमा न कसैले प्रमाणित गरेको देखिन्छ । न त सम्पर्क नम्बर न त दर्ता नम्बर न त कार्यालयको ठेगाना खुलेको छ ।
सम्बन्धित निकायको अनुमति बिना गैरकानुनी रूपमा उक्त कार्यक्रम सञ्चालन गरि नागरिकलाई जागिरको प्रलोभन देखाइ ठगीधन्दा चलाएको छ । व्यावसायिक परिचालकको जागिर दिने भन्दै कर्मचारीको माग गरिएको थियो । बेरोजगारी बढेको बखत उनीहरूलाई मासिक ३५ देखि ४० हजार तलब दिने प्रलोभन देखाई कर्मचारीको माग सूचना खुलाइएको जनाइएको छ । तथ्याङ्क संकलन पश्चात् व्यावसायिक सामाजिक परिचालक राजेन्द्र यादव र उनका बुवा कार्यक्रम संयोजक रामलाल यादव सम्पर्क विहीन भएको एक स्थानीय व्यावसायिक परिचालक नाम नखुलाउने शर्तमा बताए ।

रामलाल यादवकै एक छोरा राजेन्द्र यादवसहित उनका दुई बुहारीसमेत व्यवसायिक परिचालकको रूपमा तालिम लिएका छन् । उनीहरू नियुक्ति पत्र नपाएपछि करिब २ महिनादेखि धरौटी रकम फिर्ताका लागि पटक–पटक धाउँदा समेत बेवास्ता गरिएको छ । सम्पर्कमा नआएपछि धरौटी रकम फिर्ताको माग गर्न कार्यक्रम संयोजक रहेका रामलाल यादवको घरमै ती कर्मचारी पुगेका थिए । उनको घरमा परिवारसँग सोधपुछ गर्दा परिवारले कहिल्यै भारतको अयोध्या र कहिले प्युठानको स्वर्गद्वारी दर्शन गर्न गएको भन्दै झुक्याउने काम समेत गर्ने गरेको परिचालक बताउँछन् ।

रामलालका एक भाईले आवेगमा आएर पैसा फिर्ता हुँदैन भन्दै अदालत, इलाका प्रहरी कार्यालय जहाँ गए पनि केही नहुने धम्की दिएको उनीहरूले गुनासो गरे । व्यवसायिक परिचालकले काम नगर्ने र धरौटी रकम फिर्ता माग गर्दा आलटाल गरि महिनौ दिनदेखि सबैलाई अल्झाएर फसाएको उनीहरूले दुखेसो पोख्ने गरेका छन् ।

माग गरिएका कर्मचारीहरूलाई तालिम सञ्चालनमा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरलाई समेत सहभागिता रहेको थियो । सभामुुख घर्ती कार्यक्रमलाई उद्घाटन गरेको हुनाले परिचालकहरूलाई परियोजनाप्रति विश्वास लागेको स्रोतको भनाइ छ ।

तर यसरी महिनौसम्म अझाएर राखेपछि समस्या भएको परिचालहरूको भनाई छ । उनीहरू भन्छन् ः ‘जागिरको लोभमा फर्म भरियो, ८/८ हजार धरौती पैसा पनि दिइयो । परियोजनाले यस्तो समस्यामा पार्ने पारिदिन्छ भन्ने थाहा नै भएन् ।’ अधिकांशसँग नगद पैसा लिएका छन् । भने केहि परिचालकसँग बैंक खातामा पैसा जम्मा गर्न लगाएको जनाइएको छ । लामो समय हुँदा पनि नियुक्ति पत्र संस्थाले नदिएपछि धरौटी रकम फिर्ता लिई काम नगर्ने उनीहरूको बताउँछन् । अल्झाएर परिचालकको लाखौँ रूपैयाँ फिर्ता नगरि सम्पर्क विहीन भएको उनीहरूको आरोप छ । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयका अनुसार स्थानीय पालिकामा समेत दर्ता वा सूचीकृत भएकोे छैन ।

यस हरियाली अभियान अन्र्तगत सञ्चालन भएको परियोजनाले तरकारी खेतीमा प्रोत्साहन गरी प्रति किसान प्रति महिना २ सयका दरका उठाउने योजना रहेको परिचालहरू बताउँछन् । यता संयोजक भनिएका राम लाल यादवले भने कृषि सम्बन्धि कार्यक्रम सञ्चालन गर्न खोजेको स्वीकार गरे । संस्था दर्ता पक्रिया पु¥याएको बताउँदै जागिर दिन नसकेपछि केहिको पैसा फिर्ता दिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?