ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

गुल्मीका बेरोजगार युवालाई रोजगारीमा जोड्छु ः पाण्डे

एमालेका उमेदवारलाई बिजयी बनाउन आग्रह
६ कार्तिक २०७९, आईतवार
६ कार्तिक २०७९, आईतवार

गुल्मी, ६ कात्तिक ।

गुल्मी क्षेत्र नंं १ प्रदेश २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका फर्सुराम पाण्डेले गुल्मीका बेरोजगार युवालाई रोजगारीमा जोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा गुल्मी १ (२) बाट उम्मेदवार बनेका पाण्डेले निर्वाचन क्षेत्रमा घरदैलो गर्दैगर्दा गुल्मीका युवाको मूलभूत समस्या बेरोजगारी रहेकोले अव आफूले युवालाई रोजगारीमा जोड्ने गरी स्वावलम्वनका कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाए ।

उनले घरदैलोका क्रममा युवाहरुलाई रोजगारी नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै अव युवाहरुले दिनभर क्यारेमबोर्ड खेलेर दिन बिताउनु पर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उम्मेदवार पाण्डेले भने– ‘गुल्मीमा युवाहरुमा बेरोजगारी ठूलो समस्या छ तसर्थ अव युवालाई उत्पादनसंग जोडने गरी काम गर्नुपर्छ । उनीहरुलाई आयआर्जनका विभिन्न माध्यममा संलग्न गराउनुपर्दछ । त्यसमा अव सवैले मिलेर काम गर्नुपर्छ ।’

पाण्डेले नेकपा एमालेले युवा बेरोजगारी समस्या समाधानका लागि ‘ग्रामीण विकासको आधार उत्पादन र बजार’ भन्ने नारा तय गरेको बताउँदै युवालाई उत्पादनसंग जोड्ने र युवाले उत्पादन गरेको वस्तुको बजार सुनिश्चित गरिदिने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

गुल्मी जिल्लामा घरेलु तथा साना उद्योग स्थापना गरेर युवालाई रोजगारीमा जोड्ने गरी काम गर्न सकिने बताउँदै उम्मेदवार पाण्डेले त्यसका अतिरिक्त अरु संभावनाका विषय पनि खोजी गरेर गुल्मीबाट बेरोजगारी समस्या समाधानमा सिंगो नेकपा एमालेको ध्यान केन्द्रित भएको उल्लेख गरे ।

आफूपनि उद्यमशीलतासंग जोडिएको हुँदा युवालाई रोजगारीमा लगाउने कुरामा आफ्नो पहिलो ध्यान जाने बताउँदै पाण्डेले अव युवालाई कुनै न कुनै उद्यमसंग जोड्ने र बेरोजगारी समस्या समाधान गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताए।

उने नेकपा एमालेले राष्ट्रिय उत्पादनलाई प्राथमिकता दिने र विदेशी सामान र बस्तुको आयातमा रोक लगाएर नेपालकै उत्पादन र बजारलाई प्राथमिकता दिने नीति बनाएकोले यो नीति लागू गर्न एमालेका उम्मेदवारहरु बिजयी हुनुपर्ने बताए।

उनले नेकपा एमालेको ९ महिने सरकारको पालामा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले एक सयबाट सुरु गरेको बृद्ध भत्ता अहिले चार हजार पुगेको बताउँदै एमालेको लोकप्रिय नीति पास गराउन एमालेमा भोट दिनुपर्ने बताए ।

अझैपनि थुप्रै राम्रा योजना र विकास निर्माणका काम गर्न सकिने बताउँदै उम्मेदवार पाण्डेले विगतमा आफ्नो गाउँ आफै बनाउँ जस्ता लोकप्रिय अभियानलाई अघि बढाउन नेकपा एमाले सरकारमा जानैपर्ने भएकोले गुल्मीका जनताले नेकपा एमालेका उमेदवारलाई बिजयी बनाउनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?