© २०२३
बुटवल, २१ भदौ । कोभिड–१९ को कहरले देश आक्रान्तबाट बिस्तारै सहज हुँदै थियो । कोभिडको बेलामा विभिन्न योग, प्रणायम तथा ध्यानको समेत महत्व बढ्दै गयो । कोभिड बिस्तारै साम्य हुँदै गएपछि बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका केही युवाहरुले विहानको समयमा लक्ष्मी पार्कमा ‘मर्निङ्ग वाक’ जाने लहर चल्यो । आज भन्दा ४ बर्ष पहिला सोही बीचमा केही महिला तथा पुरुषहरुले सोही पार्कमा शारीरिक अभ्यास समेत गर्दै गरेका दृश्य देखिन्थे ।
कतिपयले मोबाईलबाट गीत बजाउँदै नाँच्दै समेत गरेका थिए । यसरी समूहमा केही मानिसहरु थपीए । बुटवलका अनन्तमान थैबले पार्कमा जाँदा कोही कतै कोही कर्ता जम्मा भएर नाँच्दै गरेको देखेपछि एउटा म्युजिक स्पीकर किनेर लगे ।
स्पीकरमा गीत बनाउने र नाँच्ने गर्दै गर्दा मानिसहरुले शारीरिक अन्य अभ्यास समेत गर्न परेन । सो समुहमा अन्य व्यक्तिहरु पनि जोडिदै गए । लिलादेवी श्रेष्ठ, विष्णु माया श्रेष्ठ लगायतका व्यक्तिहरु समूहमा जम्मा भए ।
मानिसहरु विहानको समयमा जम्मा हुने नाँच्ने, शारीरिक अभ्यास गर्ने समुहबाट विस्तारै संस्थागत रुपमा समेत दिन थालियो । जसको नेतृत्व संस्थापक अध्यक्षको रुपमा बुटवलका व्यवसायी तथा उद्यमी अनन्तमान थैबले गरेका छन् । एउटा समुहबाट संस्था सम्मको यात्रामा नामाकरण गरिएको छ : –‘सुनौलो बिहान फूर्तिलो समूह’ ।
यो समुह आज भन्दा ४ महिना पहिला मात्रै नगरपालिकामा दर्ता भएर सञ्चालनमा रहेको छ । समुहका सचिव देवीराम पन्थीका अनुसार स्वस्थ जीवन हाम्रो अभियान भन्ने नारासहित २०७७ फागुनमा १०–१५ जनाबाट सुरु गरीएको समूहमा अहिले एक हजार बढी सदस्य आबद्ध रहेको बताउँछन् ।
समूहले बिहानको समय सदुपयोग गर्दै हरेक दिन बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्ने योगा (जुम्बा डान्स) मा ५ सय बढीको सहभागीता रहने उनले हुन्छ । समुहमा आवद्ध हुने जो कोही व्याक्ति ले पूर्णरुपमा निःशुल्क प्रवेश निःशुल्क सेवा पाउँछन् । समुहले विहानको समयमा सुरुवाती दिनमा लक्ष्मीनगर पार्कमा कार्यक्रम गर्दै आएकोमा अहिले बुटवलको सिद्धेश्वरी माविको मैदानमा पनि कार्यक्रम गर्दै आएको छ । जसमा जुम्बा डान्स (योगा, अभ्यास) प्रशिक्षक समेत रहेकी समुहका सल्लाहकार समेत रहेकी लिलादेवी श्रेष्ठले गर्दै आएकी छिन् । पूर्णरुपमा निःशुल्क रुपमा सेवा प्रदान गर्दै आएको समुहले कही कतैबाट सौजन्यमा आएको रकमबाट व्यवस्थापकीय काम गर्दै आएको समुहका अध्यक्ष अनन्तमान थैब बताउँछन् ।
समुहमा रहेका सदस्यहरुको लागि ११ सय बढी टिसर्ट (पहेलो) राठी केवलले सौजन्य प्रदान गरेको छ । अन्य पानी लगायतका व्यवस्थापन सेवा लिन जाने आफैले व्यवस्थापन गर्दै आएका छन् । कतिपयले विभिन्न समयमा सौज्न्य गर्दै आएका हुन । जुम्बा योगाको लागि आवश्यक पर्ने साउन्ड सिस्टम सहयोगी दाताहरुले प्रदान गरेका हुन । बिहानको समयमा मनिङ्ग वाकमा निस्कनेहरुले उक्त समूहमा आवद्ध भएर संगीतसँगै योग, अभ्यास र शररिक अन्य अभ्यायात्मक गतीविधिमा सहभागी हँुदै आएका हुन । अध्यक्ष थैब भन्छन्–‘हामी पूर्णरुपमा जनताको स्वाथ्यमा निःशुल्क रुपमा योग, जुम्बा (डान्स) मार्फत सेवा प्रदान गर्दै आएका छौ । ’