ट्रेंडिंग:

>> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता

कालिका मानवज्ञान माविमा कथा लेखन कार्यशाला

१८ भाद्र २०८१, मंगलवार
१८ भाद्र २०८१, मंगलवार

बुटवल, १८ भदौ ।

कालिका मानवज्ञान माविमा कथा लेखन कार्यशाला समापन गरिएको छ । ३ दिन सम्म चलेको कथा लेखन कार्याशालाको मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।

कार्यशाला समापन कार्यक्रममा बरिष्ठ साहित्यकार तथा अधिवक्ता दिल शाहनीले कथाको साहित्यमा विशेष योगदान रहेको भन्दै ३ दिन सम्म सिकेको कुरालाई व्यवहारमा उतारेर निकट भविश्यमा एउटा सफल साहित्यकार बन्नको लागि विद्यार्थीहरुलाई उत्प्रेरणात्मक मन्व्य दिएका थिए । सुन्ने कथा, लेख्ने कथा र पछिल्लो समयमा फेरिएको परिवेश अनुसार हेर्ने कथा रहेको बताउँदै बरिष्ठ साहित्यकार साहनीले कथाले सिंगो समाजको ऐनाको रुपमा काम गर्ने बताएका थिए ।

कार्यक्रममा साहित्यकार तथा प्राध्यापक ऋषिराम भुषालले कथा झुट कुरा देखाएर साँचो अर्थ देखाउने गरी परिभाषित गरिएको बताउँदै विद्यार्थीहरुको लागि कथा लेखन कार्यशाला आफैमा महत्पूर्ण कार्य भएको बताएका थिए ।

विद्यालयका प्रधानााध्यापक दिनेश थापाले विद्यालयमा रहेका ४० जना विद्यार्थीहरुको सहभागितामा ३ दिन सम्म कथा लेखन कार्यशाला आयोजना गरिएको जानकारी दिदै कथा लेखन कार्यशालाबाट रचिएका कथालाई निकट भविश्यमा पुस्तक प्रकाशन गर्ने सम्मको योजना रहेको जानकारी दिएका थिए । विद्यार्थीहरुको लागि सहित्यीक वातावरण विकासका लागि घर परिवारको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले परिवारले विद्यार्थीको नियमित शिक्षा संगै साहित्यीक वातावरण समेत सृजना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमममा बरिष्ठ लेखक÷पत्रकार मदन पौडेलले साहित्य आफैमा एउटा नशा भएको भन्दै विद्यार्थीहरुमा नशाको सुत्रपात गरिएको र आगामी दिनमा यसले ठुलो महत्व राख्ने गरी प्रतिफल आउने बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटनको लागि विद्यालयले बेला बेलामा विभिन्न प्रकृतिका कार्यशाला तथा कार्यक्रम गर्दै आएको बताएका थिए ।

कार्यक्रममा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, अधिवक्ता ज्ञानु केसी, लेखक÷साहित्यकार दुर्गा पौडेल लगायतको सहभागिता रहेको थियो । ३ दिनसम्म चलेको कार्यशालामा साहित्यकार÷लेखक विजयराज आचार्यले सहजीकरण गरेका थिए । १३० भन्दा बढी बाल साहित्यका पुस्तक प्रकाशन गरेका आचार्यले लेखालाई निरन्तरता दिनको लागि विद्यार्थीलाई आग्रह गरेका थिए । कार्यक्रममा विद्यार्थीहरु कृषा अधिकारी, कृषा भट्टराई, शिक्षा क्षत्री, प्रकृति घिमिरे लगायतले आफुले रचना गरेका कथा वाचन तथा कार्यशालाको अनुभव प्रकट गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?