© २०२३
कपिलवस्तु, १६ भदौ ।
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले सम्बन्धित वडामा सामाजिक सुरक्षा भत्ताको नविकरण गर्न जान नसक्ने अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नविकरण सेवा दिएको छ । कपिलवस्तु जिल्ला सहित २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई पहिलो चरणको कार्यक्रम अन्तर्गत बायोमेट्रिक भेरिफिकेशन माध्यमबाट नविकरण गर्न कार्य यस आवबाट शुरु भएको छ । अन्य लाभग्राहीले सम्बन्धित वडामै पुगेर बायोमेट्रिक भेरिफिकेशन गराई सामाजिक सुरक्षा भत्ताको नविकरण गराउदै आएका छन ।
८ वटा वडा रहेको जिल्लाको यशोधरा गाउँपालिकामा रहेका अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर सेवा दिन गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख पञ्च गुलाम नाउँ आफै खटिने गरेका छन । अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिको घरमा पुगेर उनले एउटा औंलाको छाप बायोमेट्रिक गरि सामाजिक सुरक्षा प्रणालीमा अपडेट गर्दै आएका छन । चालु आवको साउन देखी भाद्र मसान्त सम्म नविकरणको अबधी तोकिएको छ । सोहि अबधीको हाल सम्म २८ जना अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका लाभग्राहीलाई घरमै पुगेर सुबिधा दिईएको छ ।
सो क्रममा लाभग्राहीको फारम भर्ने, बायोमेट्रिक गर्ने, कागजात व्यवस्थित गर्ने र सामाजिक सुरक्षा भत्ता नविकरणको निस्सा तत्कालै उपलब्ध गराउने कार्य पालिकाबाट खटिएका शाखा प्रमुख नामले गर्ने गरेका छन । आफु अशक्त अवस्थामा रहेका कारण वडा सम्म पुग्न समस्या भएका बेला घरमै आएर नवीकरणको सेवा दिईएकोमा खुसी लागेको वडा नम्बर ४ का लाभग्राही राधेश्याम तिवारीले बताए । उनी जस्तै वडा नम्बर १ का अशक्त जेष्ठ नागरिक रामबालक कुर्मीले पालिकाले आफुहरूलाई लक्षित गरि दिएको सेवा उदाहरणिय रहेको बताए । उनीहरू जस्तै वडामा पुगेर सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नविकरण गराउन समस्यामा परेका लाभग्राहीहरूले सो सेवाले आफुहरूलाई सहजता भएको बताए । अशक्त जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ताको नविकरण गराउन नपाएको बिषयमा कुनै पनि माध्यमबाट सुचना प्राप्त गरे लगत्तै आफु सेवा प्रवाहका लागि लाभग्राहीको घरमा पुग्ने गरेको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख पञ्च गुलाम नाउँले बताए । सामाजिक सुरक्षा भत्ताका लाभग्राही सुबिधा बाट बंचित हुन नपरोस र घरमै सुबिधा पुर्याउन सकयोस भनेर सो सुबिधा दिईएको उनले जानकारी दिए । सो गाउँपालिका सबै लाभग्राहीले बैङ्किङ्ग प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बुझदै आएका छन । शाखाले व्यवस्थित रूपमा सुबिधा दिदै आएकाले हाल सम्म सामाजिक सुरक्षा भत्ता तर्फ कुनै रकम बेरुजु नआएको उनले दाबी गरे ।
यशोधरा गाउँपालिका भरीमा गत आर्थिक बर्ष सम्ममा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको संख्या ८ हजार ४ सय ७० जना छ । जसमा ६८ बर्ष माथीका जेष्ठ नागरिक लाभग्राही २ हजार ३ सय ९४, ६० बर्ष माथीका दलित जेष्ठ नागरिक लाभग्राही २ सय ९५ जना, जेष्ठ नागरिक एकल महिला १ सय ६१ जना छन । त्यसै गरि बिधवा आर्थिक सहयोग प्राप्त गर्ने लाभग्राही ३ सय ३७ जना, क बर्गका पुर्ण अशक्त अपाङ्गता भएका व्यक्ति ६५ जना, ख बर्गका आशिंक अपाङ्गता भएका व्यक्ति १ सय ६९ जना, क्षेत्र तोकिएका बाल पोषण भत्ता पाउने ५ बर्ष मुनीका बालबालिका ४ हजार १ सय ५४ जना, बालपोषण भत्ता पाउने दलित बालबालिका ८ सय ५४ जना र लोपोन्मुख जातीको रूपमा रहेका पथ्थरकट्टा जातिका ३७ जनाले मासिक रूपमा पालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन ।
शारिरीक अशक्तताका कारण वडा कार्यालय सम्म पनि जान नसक्ने लाभग्राहीलाई लक्षित गरि घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण सेवा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषवदेव खनालले बताए । न्युन जनशक्तिका बाबजुद पनि पालिकाका नागरिकको समस्या लाई लक्षित गरि सामाजिक सुरक्षा शाखा प्रमुख आफैले घरघरमै पुगेर अशक्त जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने कार्य प्रशंसनिय रहेको गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले बताए ।