ट्रेंडिंग:

>> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा……..

‘नैनाको च्याउ’ भूतखोलाभरि

समूहमा आवद्ध महिलाहरूले न्यूनतम २ लाखदेखि अधिकतम ६ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् । गत बर्ष ९५ लाख रूपैयाँको च्याउ बेचेका महिलाहरूले यो बर्ष १ करोड बढिको बेच्ने लक्ष्य छ ।
१३ भाद्र २०८१, बिहीबार
१३ भाद्र २०८१, बिहीबार

बुटवल, १३ भदौ ।
वि.सं. २०६८ सालमा ४ जना महिला नैना क्षेत्री, दिल कुमारी रोका, दिल माया थापा, गंगा पुनले व्यवसायिक च्याउ खेती सुरुवात गरे । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर नम्बर ३ अर्घाछाँप भुतखोलाका त्यो भन्दा पहिला व्यवसायिक च्याउ खेतीमा कसैले पनि हात हालेका थिएनन् । नैना सहित ४ जनाले व्यवसायीक च्याउ खेतीमा पाएको सफलता विस्तारै गाउँमा फैलिएको छ । १३ बर्षमा पछि अहिले यो व्यवसायिक च्याउ खेतीमा ५० जना महिला जोडीएका छन् ।

पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर ३ का अर्घाछाप, भुतखोला क्षेत्रमा रहेका ३ वटा महिला समूहहरू एकता महिला समूह, ईन्द्रेणी महिला समूह र नवीकरण महिला समूहमा आवद्ध रहेका अधिकांश महिलाहरूले व्यवसायिक च्याउ खेतीमा लागेका हुन । प्राकृतिक रूपमा जंगलमा उम्रीएका च्याउ खोजेर खाने भएपनि अन्य व्यवसायीक च्याउ खेतीमा महिलाहरूको आकर्षण बढ्न सकेको थिएन ।

एकता महिला समूहकी अध्यक्ष समेत रहेकी नैना क्षेत्रीका अनुसार अहिले ५० घर परिवारका महिला किसानहरूले आफ्नो घर घर मा व्यवसायिक च्याउ खेतीको लागि परालबाट उम्रीने कन्ये जातको च्याउ रापेका छन् । कतिपयको उत्पादन समेत बजारमा आउनसमेत सुरुवात गरिएको छ ।

एक जना समान्य च्याउको डल्ला राखेर उत्पादन गरेका महिलाहरूले एक सिजनमा १ लाख देखि डेढ लाख रूपैयाँ सम्म आम्दानी गर्दै आएका हुन । नैना क्षेत्रीले यो बर्ष भने २५ सय च्याउको बल्भ बनाएकी छिन् । ६ लाख रूपैयाँ सम्म आम्दानी गर्न सकिने अपेक्षा उनको छ ।

५० जना महिलाहरूले २० हजार भन्दा बढि बल्भ निर्माण गर्दै छन् । अहिले साउन महिना देखि नै सुरुवात गरेका च्याउ भदौ, असोज महिना सम्म पनि अझ च्याउको बल्भ बनाउने कार्य जारी रहने छ । समूहमा आवद्ध भएका एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूले समेत व्यवसायीक च्याउ खेतीमा लागेका हुन ।

एकता महिला समूहको सचिव धनु पाण्डेमगरले पनि ४ सय बल्भ राखेकी छिन् । उनले यसलाई बढाएर अझै ११, १२ सय बल्भ बनाउने योजना रहेको छ । गाउँपालिकाको कृषि शाखाले केही प्राविधिक सहयोग पु¥याउँदै आएको छ । बुटवल, पाल्पाको तानसेन, गुल्मी लगायतका स्थानमा दोभानमा उत्पादित च्याउ बजारीकरण हुँदै आएको छ । सिद्धार्थ राजमार्गको नजिकै रहेको कारण बजारीकरणको लागि कसैको मुख ताक्नु नपरेको किसानको भनाइ रहेको छ । उत्पादन भएको ताजा च्याउ बुटवलमा आउने र बुटवल बाट अन्य जिल्लाहरू कपिलवस्तु, दाङ, नेपालगञ्ज सम्म पनि जाने गरेको स्थानीय किसान बनाउँछन् ।

तिनाउ गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनीधी टंकनाथ बस्यालका अनुसार महिला किसानले गर्दै आएको व्यवसायीक च्याउ खेतीको लागि प्राविधिक सहयोगको अलवा अन्य सहयोग समेत गर्दै आएको छ । किसानको उत्पादीत बस्तु बजारीकरणको लागि बुटवलमा नै विक्री स्थल खोलेर व्यवसायीक रूपमा किसानहरूको लागि सहयोग गर्दै आएको पनि स्थानीय जनप्रतिनीधि बस्यालको भनाई रहेको छ । यो पटक ३ वटा महिला समुहमा आवद्ध किसानले २० हजार भन्दा बढि च्याउका बल्भ राखेका छन् । एक सिजनका एक करोड भन्दा धेरै आम्दानी गर्ने लक्ष्य किसानले लिएका छन् । गतबर्ष ९५लाख रूपैयाँ बराबरको च्याउ महिला किसानले विक्री गर्न सफल भएका छन् ।
समुहमा आवद्ध महिलाहरूले न्युनतम पनि २ लाख देखि अधिकतम च्याउको उत्पादन, बल्भको संख्याको आधारमा ६ लाख रूपैयाँ सम्म आम्दानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?