ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

गायिका शोभा पाण्डेको तीजगीत ‘हरदिन पुजा गर्छु म’ सार्वजनिक

११ भाद्र २०८१, मंगलवार
११ भाद्र २०८१, मंगलवार

बुटवल, ११ भदौ ।

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा हरेक दिन नयाँनयाँ तीजका गीत सार्वजनिक भएका छन् । गायक गायिकालाई तीजका गीतहरु बिभिन्न च्यानलहरु मार्फत सार्वजनिक गर्न भ्याई नभ्याई छ । यसै क्रममा गायिका शोभा पाण्डेको ‘हरदिन पुजा गर्छु म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पाण्डेको तीजगीतमा तीजका दिन ब्रत बसेर श्रीमानको आयु लामो हुने भए एकदिन मात्र होईन हरेक दिन शिवजीको पुजा, आराधना गर्ने जस्ता भाव सुन्न सकिन्छ । तीज गीतले मौलिक कला संस्कृतिको संरक्षण गर्नुका साथै समाजमा सकरात्मक सन्देश दिने गायिका पाण्डेको दाबी छ । स्वीकृति बरालको शब्द रहेको गीतमा संगित दिपक शर्माको रहेको छ । गीतको रामकृष्ण थापाले सङ्गीत संयोजन गरेका छन् । गीतको भिडियोमा गायिका पाण्डे स्वयमको मुख्य भूमिका रहेको छ भने स्तुती बराल र सम्झना मायाले अभिनय गरेका छन् ।

२०७१ सालदेखि नेपाली सांगितिक क्षेत्रमा प्रवेश गरेकी उनले हालसम्म ६ दर्जन बढी गीतमा आवाज भरेकी छिन् भने आधा दर्जन बढी तीज गीतमा पनि स्वर भरेकी छिन् । संगित विषयमा दर्शनाचार्य गरेकी गायिका संगित विषयमा शोध प्रवन्ध लेख्दै छिन् । गायिका पाण्डेले अन्य गीत तथा भिडियोहरु पनि चाँडै बजारमा ल्याउने तयारीमा रहेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?